२०८३ असार १३ शनिबार
२०८३ असार १३ शनिबार

छोरी संरक्षण तथा छात्रवृत्ति कार्यक्रम” सम्पन्न

चञ्चल कुमार झा
राैतहट । असार १२ । राैतहटकाे दुर्गा भगवती गाउँपालिका वडा नं. ३ को लोकप्रिय कार्यक्रम “छोरी संरक्षण तथा छात्रवृत्ति कार्यक्रम” सम्पन्न भएको छ । गत वर्ष जस्तै शुक्रबार वडा नं. ३ मत्सरी स्थित धार्मिक शक्तिपीठ दुर्गा भगवती मन्दिरको सभा हलमा भव्य रूपमा सम्पन्न कार्यक्रममा चालू आर्थिक वर्ष २०८२/०८३ मा जन्म भएको छाेरीकाे अभिभावकलाई पुर्व घाेषित अनुसार ५ हजार नगद सहित सम्मान गरिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु कुमार सिंह तथा विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत मनिष झाकाे उपस्थितिमा कार्यक्रम अन्तर्गत पूर्वघोषित विभिन्न छात्रवृत्ति तथा प्रोत्साहन पुरस्कार वितरण गरिएको दुर्गाभगवती गाउँपालिका वडा नं. ३ का वडा कार्यालयले जानकारी दिएको छ ।
कार्यक्रममा डा. डिम्पल झा स्मृति छात्रवृत्ति पुरस्कार अन्तर्गत एमबीबीएसमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल मत्सरीका साक्षी झा र मनोरञ्जन कुमार मिश्रका अभिभावकलाई जनही रु. ५१ हजार बराबरको चेक हस्तान्तरण गरिएको वडा अध्यक्ष धर्मेन्द्र कुमार झाले जानकारी दिनु भएको छ ।
वडाध्यक्ष छात्रवृत्ति पुरस्कार अन्तर्गत एसईई परीक्षामा ४.० जीपीए प्राप्त गर्न सफल सुमी कुमारीलाई रु. १५ हजारको चेक प्रदान गरिएको छ भने रुद्र नारायण झा छात्रवृत्ति पुरस्कार अन्तर्गत कक्षा १२ मा उत्कृष्ट अंक ल्याएकी गुडी कुमारी साहलाई रु. २१ हजारको चेक हस्तान्तरण गरिएको छ।
त्यसैगरी छोरी संरक्षण कार्यक्रम अन्तर्गत ४४ जना अभिभावकलाई जनही रु. ५ हजारका दरले प्रोत्साहनस्वरूप चेक वितरण गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष झाले शिक्षा, छोरी सशक्तीकरण र प्रतिभाको सम्मानलाई हामी उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थी र अभिभावकमा थप उत्साह तथा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नु भयाे । उहाँले आगामी दिनमा पनि शिक्षा र सामाजिक विकासका यस्ता अभियानलाई निरन्तरता दिइने बताउनु भएको छ ।
कार्यक्रमको अन्त्यमा सम्मानित सबै विद्यार्थी तथा लाभग्राहीलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्दै उपस्थित सबैप्रति धन्यवाद ज्ञापन गरिएको थियो । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, अभिभावक, विद्यार्थी तथा अन्य सरोकारवाला व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।