सुवाश मंडल
रौतहट ।। रौतहटमा फासो लगाएर एक जनाले आत्महत्या गरेको छ् । रौतहटको राजदेवी नगरपालिका वार्ड नं.९ ब्रहम्पुरी निवासी संजय दासको १४ वर्षको छोरा सोहिल दासले फासो लगाएर आत्महत्या गरेको छ ।

मृतकको परिवारको अनुसार उनी आइतबार बिहान ७ बजे ट्युसन जाने क्रममा आफ्नो आमालाई साइकल किन्नको लागि भन्ने पछी आमा अहिले पैसा छैन पैसा भए पछी किन्दिछु भनेको थियोे । तर सोहिल माने न र ट्युसन पनि गएन र कोहि पनि घरमा न भएको बेला रिसले करिब ८:३० बजेको क्रममा फासो लगाएको थियोे । पछी आमालाई थाहा भयो कि छोरा रहेन ।
स्थानीयको सहयोगमा छोरालाई फासोवाट उतारेर प्रादेशिक अस्पताल गौर लगेको थियो । अस्पतालमा पुगे पछी डाक्टरले मृत घोषणा गरेको थियो र लासलाई पोस्टमार्टमको लागि लगिएको थियो । पोस्टमार्टम भएर बेलुका करिब ५:३० बजे सोहिलको लास एम्बुलेन्स मार्फत घरमा आएको थियो ।
यस्तो किसिमको घटना हाम्रो समाजमा सधै घटिरहेको हामी हेर्छौ तर यो गलत हो । आफ्नो आमा बुबाको कुरालाई सुन्नु पर्छ घरको समस्या हेर्नुपर्छ । नाकी सानोतिनो कुरालाई लिएर आफ्नो जिवनको अन्त्य गर्नुपर्छ । आमाबुबाले यतिको दुख गरि हामी पालेका छन् कि पछी छोराछोरी बाट केही खुसीको दिन देख्न पाउ । तर हामी सानोतिनो रिसलाई लिएर आफ्नो जिवनको अन्त्य गरिरहेका छौ तथा गलत दिसा तिर हिडिरहेका छौ । यस्तो न गर्नु र अरुलाई पनि न गर्न सल्लाह दिनुहोला । धन्यवाद









