२०८३ भाद्र १९ शुक्रबार
२०८३ भाद्र १९ शुक्रबार

बलराका नगर प्रमुखको अपिल: “रामसखी मोहित सिंह विद्यालयको घटना दुःखद, छानबिन गरी कारबाही हुने, पठनपाठन नरोक्न अनुरोध”

सुवाश मंडल
​बलरा,सर्लाही । सर्लाहीको बलरा नगरपालिका-४ स्थित श्री रामसखी मोहित सिंह जनता माध्यमिक विद्यालयमा प्रधानाध्यापक र विद्यार्थीहरूबीच उत्पन्न विवाद र त्यसपछिका घटनाप्रति नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहाले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । भदौ १५ गते सोमबार प्रधानाध्यापकमाथि भएको आक्रमण तथा उहाँको निजी सवारीसाधनमा गरिएको तोडफोडको घटनालाई नगर प्रमुख कुशवाहाले “अत्यन्त दुःखद, निन्दनीय र खेदजनक” भन्दै सो कार्यको भत्सर्ना गरेका छन् ।

नगर प्रमुखद्वारा जारी विज्ञप्तिमा विद्यालय शान्ति, अनुशासन र ज्ञानको पवित्र थलो भएकाले शिक्षकको मनोबल उच्च राख्दै सुरक्षित र शान्तिपूर्ण शिक्षण-सिकाइ वातावरण कायम राख्नु सबैको साझा दायित्व भएको उल्लेख छ । घटनाको निष्पक्ष छानबिनका लागि बलरा नगरपालिका, नगर शिक्षा समितिले मंगलबार नै छानबिन समिति गठन गर्ने र समितिको सिफारिसका आधारमा दोषी जोसुकै भए पनि कानुनबमोजिम कडा कारबाही अघि बढाइने प्रतिबद्धता जनाइएको छ।

उक्त घटनालाई लिएर विद्यालयको शैक्षिक वातावरण थप जटिल नबनाउन आग्रह गर्दै नगर प्रमुख कुशवाहाले सम्पूर्ण शिक्षक तथा विद्यार्थीहरूलाई नियमित पठनपाठन सुचारु राख्न अनुरोध गरेका छन्। साथै, विद्यालयमा शान्तिपूर्ण वातावरण निर्माणका लागि अभिभावक, शिक्षाप्रेमी, जनप्रतिनिधि, राजनीतिक दल तथा सम्पूर्ण सरोकारवालाहरूलाई संयम भई सकारात्मक भूमिका निर्वाह गर्न हार्दिक अपिल गरिएको छ ।

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।