२०८३ आश्विन ४ आईतवार
२०८३ आश्विन ४ आईतवार

रौतहटको परोहामा धुमधामका साथ बोलबम मेला जारी

चन्दन कुमार
भदौ २४ गते , रौतहट जिल्लाको परोहा नगरपालिका–६, बसन्तपट्टिको ठूलो टोलमा भदौ महिनाको तेरसको पावन अवसरमा हरेक वर्ष आयोजना हुँदै आएको बोलबम मेला यस वर्ष पनि धुमधामका साथ आयोजना गरिएको छ।

हिन्दु धर्मको पहिचान र सांस्कृतिक परम्पराको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले आयोजना गरिएको मेलामा करिब २ सय जना बोलबम (बम) सहभागी भएका छन्। मेलाको व्यवस्थापन स्थानीय नवयुवाहरूले गरेका हुन्।

मेलामा विभिन्न स्थानबाट आएका व्यापारीहरूले राखेका पसल तथा विभिन्न धार्मिक र सांस्कृतिक कार्यक्रमले मेलाको आकर्षण थप बढाएको छ। मेलामा श्रद्धालु तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ।

मेलामा सहभागी बोलबमहरू हिजै जल बोझीका लागि प्रस्थान गरेका थिए। उनीहरूले आज जल बोझी गरी बाबा भोलेनाथमा जल अर्पण गरेका छन्। यस्तै, भोलि भैरव बाबालाई जल अर्पण गरेपछि आ–आफ्नो घर फर्किने मेला समितिले जनाएको छ।

स्थानीय युवाहरूको सक्रियतामा आयोजना हुँदै आएको यस मेलाले धार्मिक आस्था, सामाजिक एकता र स्थानीय संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको आयोजकहरूको भनाइ छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।