
सर्लाही ।। सर्लाहीमा स्थापना हुन लागेको ईलाका प्रशासन कार्यालय राजनीतिक दलको दलदलमा फसेको आरोप लागेको छ।
सेवा प्रवाह सहज र सरल बनाउन नेपाल सरकारले सर्लाहीको बलरामा ईलाका प्रशासन कार्यालय स्थापना गर्न निर्णय गरीएको हो। तर आफुलाई मात्र सहज रा फायदा हुने स्थानमा राख्न यहाँका राजनीति दल, जनप्रतिनिधि सक्रिय भएको रामनगर गाउँपालिका वडा -३ का वडा अध्यक्ष अजय यादवले आरोप लगाएका हुन।
वडा अध्यक्ष यादवले सुरक्षाको दृष्टिकोण र सवैलाई उपयुुक्त हुने स्थानमा ईलाका प्रशासन कार्यालय राख्न माग गरेका छन। वहाँले राजनीति ब्यक्ति र दललाई आफ्नो रजगज र जस लिन जनताको सहजताको लागि आएको ईलाका प्रशासन कार्यालय स्थानपनाका बाधक न बन्न अपिल समेत गरेका छन। जनताको हितका लागि ईलाका प्रशासन कार्यालय स्थापनना कहाँ गर्ने कहाँ राख्ने सर्वपक्षीय बैठक बसी निर्णय गर्दा राम्रो हुने वडा अध्यक्ष यादवको बुझाई छ।
अहिले ईलाका प्रशासन कार्यालय कसैले गोडैता त कसैले धनकौल सहितको स्थानमा राख्न माग सहित गृहमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका छन।
साउन ७ गते
रौतहट । जिल्लामा दुई दिनको अन्तरालमै सिचाइका लागि मोटर चलाउँदा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ।
बुधबार बिहान ७ बजेतिर रौतहटको माधव नारायण नगरपालिका–४ बिसनपुर्वा मानपुरका करिब ४० वर्षीय रामबाबु मुखियाको करेन्ट लागेर मृत्यु भएको हो। आफ्नै खेतमा सिचाइ गर्न मोटर चलाउने क्रममा विद्युत प्रवाह भएको तारले छोएपछि उनी गम्भीर घाइते भएका थिए। तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल गौर ल्यादा पनि बिहान ७:५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए। शव सोही अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
हिजो मंगलबार दिउँसो १ बजे रौतहटको कटहरिया नगरपालिका–२ जमुनियाका करिब ५२ वर्षीय मोक्तार देवानको पनि त्यस्तै घटनामा ज्यान गएको थियो। उनी पनि आफ्नै खेत सिचाइ गर्नका लागि मोटर जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। तत्कालै गरुडा स्थित ग्राण्डी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। उनको शव पोस्टमार्टमका लागि गौर अस्पताल पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले दुवै घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। खेत सिचाइका क्रममा सुरक्षाका मापदण्ड नअपनाउँदा करेन्ट लाग्ने घटनाहरू बढिरहेका छन्। स्थानीय प्रशासनले यसप्रकारका दुर्घटना न्यूनीकरण गर्न सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन।
रौतहट, १६ असार । मधेश प्रदेशको सीमावर्ती क्षेत्र अन्तर्गत पर्ने रौतहट जिल्लाको ऐतिहासिक तथा धार्मिक नगर ईशनाथ नगरपालिकामा पछिल्ला दिनमा चौतर्फी विकासले तीव्र गति लिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट २०८१ भदौ १७ गते प्रमुख प्रशासकीय अधिकृतको रूपमा जिम्मेवारी सम्हालेका नन्दकिशोर गुप्ताको प्रशासनिक नेतृत्वमा पालिकामा सुशासन, पारदर्शिता र समावेशी विकासको सशक्त अभ्यास देखिएको छ।
शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सरसफाइ, खानेपानी र ऊर्जा क्षेत्रमा एकसाथ भएका योजनाबद्ध र प्रभावकारी कामले गर्दा ईशनाथ नगरपालिका अब “विकासको गतिशील मोडल” को रूपमा चिनिन थालेको छ।
गुप्ताले पदभार ग्रहण गरेसँगै पालिकामा परिवर्तनका लहरहरू देखापरेका छन्। विद्यालय भवन निर्माणदेखि छात्रछात्राका लागि शौचालय मर्मत, दिवा खाजा कार्यक्रम र पठनपाठनको पहुँच अभिवृद्धि लगायतका क्रियाकलापले शिक्षा क्षेत्रमा उल्लेखनीय सुधार आएको छ। स्वास्थ्य सेवा सुधार, कृषि यान्त्रीकरण, स्वच्छ पानीका लागि ८० वटा हैण्डपाइप जडान, तथा ढल निकासको योजनावद्ध व्यवस्थापनले सर्वसाधारणको जीवनस्तरमा प्रत्यक्ष प्रभाव परेको स्थानीयवासी बताउँछन्।
यस आर्थिक वर्षमा पालिकाले अगाडि सारेका योजनाहरू उल्लेखनीय छन् । २.५ किलोमिटर सडक ढलान, ४ किलोमिटर ग्रेभल बाटो निर्माण, २ किलोमिटर नाला निर्माण, १० वटा मठमन्दिर निर्माण, ६ वटा छठघाट सौन्दर्यकरण, १ सामुदायिक भवन, ४० वटा कृषकका लागि बोरिङ, १०५ थान कृषि पोल वितरण, ८० वटा हैण्डपाइप जडान र ७ वटा स्थानमा ट्रान्सफरमर जडानजस्ता कार्यहरू सम्पन्न भइसकेका वा सम्पन्न हुने प्रक्रियामा छन्।
ईशनाथ नगरपालिका बिहारको चैनपुर र घोडासहन बजारसँग सिधा सीमा जोडिएको धार्मिक र सांस्कृतिक महत्त्वको भू–भाग हो। यहाँ रहेको ऐतिहासिक ईशनाथ गुठ्ठीमठ र प्राचीन महादेव मन्दिरको नामबाट नै पालिकाको नाम राखिएको हो। यस्तो सांस्कृतिक विरासतलाई संरक्षण गर्दै समृद्धिको बाटोमा लैजाने कार्य पनि पालिकाले जोडका साथ अघि बढाएको छ।
प्रमुख प्रशासकीय अधिकृत गुप्ताले समावेशी सहकार्यलाई आफ्नो कार्यशैलीको मूल आधार बनाउँदै आएका छन्। स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी, कर्मचारी र समुदायसँग सहकार्य गर्दै पालिका सुशासनको आदर्श उदाहरण बनिरहेको छ। उनले भने, “ईशनाथ मेरो लागि कार्यालय मात्र होइन, जन्मथलो हो। यही माटोको सेवा गर्न पाउनु मेरो लागि गौरवको कुरा हो।”
यद्यपि, केही व्यक्तिगत स्वार्थमा आधारित आलोचनाहरू पनि आएका छन्, गुप्ताले ती विषयलाई विकास विरोधी मानसिकता भनी अस्वीकार गर्दै भने, “जनताको विश्वास र मेयर कौशल्या देवी सिन्हाको सक्रिय सहयोग नै मेरो ऊर्जा र प्रेरणाको स्रोत हो। उहाँ महिला भएर पनि नेतृत्व, कार्यशैली र निर्णय क्षमताले सबैका लागि प्रेरणाको स्रोत बन्नुभएको छ।”
पालिकाको ११ औं नगरसभा कुनै विवाद वा मनमुटावबिना भव्यताका साथ सम्पन्न हुनु, पालिकामा बढ्दो समन्वय, पारदर्शिता र कार्यदक्षताको प्रमाण हो। यसबाट गुप्ताको समन्वयकारी नेतृत्व शैली र सबैपक्षीय सहभागितालाई प्राथमिकता दिने सोच उजागर भएको छ।
निष्कर्षमा, ईशनाथ नगरपालिका आजको मितिमा समावेशी विकास, प्रशासनिक सुशासन, र नेतृत्वदायी पारदर्शिताको उदाहरण बन्दै गएको छ। नन्दकिशोर गुप्ताको सक्रियता र समर्पणले आगामी दिनमा ईशनाथ नगरपालिका मधेश प्रदेशकै नमुना पालिका बन्ने विश्वास नगरवासीले लिएका छन्।
रौतहट, १५ असार । कृषिप्रधान देश नेपालमा आज १५ असार, राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ। यही अवसरमा रौतहट जिल्लाको राजदेवी नगरपालिका–१ स्थित श्री माध्यमिक विद्यालय पथराले विद्यालय परिसर नजिकको खेतमा धान रोपेर धान दिवस मनाएको हो।
कार्यक्रमको आयोजना विद्यालयले गरेको हो भने धान रोपाइँ कार्य विद्यालय पूर्वपट्टी रहेको स्थानीय कृषक नागेन्द्र प्रसाद यादवको खेतमा सम्पन्न भएको हो। विद्यालयका प्रधानाध्यापक उति चन्द्र यादवका अनुसार विद्यालयले कृषि शिक्षासँगै व्यावहारिक ज्ञानको अभ्यासलाई जोड दिँदै यस्तो कार्यक्रम आयोजना गरेको हो।
धान दिवसको कार्यक्रममा नगरप्रमुख भिखारी प्रसाद यादव, उपप्रमुख, शिक्षक, स्थानीय किसान, कर्मचारी तथा अध्ययनरत विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी सबैले बारीमा पसेर हातैले धान रोप्दै परम्परागत संस्कृति र कृषि पेशाको सम्मान प्रकट गरे।
नगरप्रमुख यादवले कार्यक्रममा बोल्दै कृषकहरू राष्ट्रका मेरुदण्ड भएको उल्लेख गर्दै भने, “कृषि पेशा अपार सम्भावना बोकेको क्षेत्र हो, यसको प्रवर्द्धनका लागि स्थानीय सरकारले आवश्यक सहयोग पुर्याउँदै आएको छ र आगामी दिनमा पनि किसानहरूलाई बीउ, मल, सिँचाइ, तालिमजस्ता सेवा–सुविधा थप प्रभावकारी बनाइनेछ।”
विद्यालयको यस्तो पहलले विद्यार्थीहरूमा कृषि क्षेत्रप्रतिको लगाव बढाउने र पुस्तान्तरणमार्फत परम्परागत सीपको संरक्षण र विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
सुवाश मंडल
रौतहट ।। राैतहटकाे राजदेवीस्थित श्री माध्यमिक विद्यालय ब्रह्मपुरीकाे प्रधानाध्यापक दिपेन्द्र प्रसाद श्रीवास्तवकाे आर्थिक सहयाेगमा सञ्चालित नि:शुल्क अतिरिक्त कक्षाले यस वर्षको माध्यमिक शिक्षा परीक्षाकाे नतिजामा सुधार देखिएकाे छ । मा वि ब्रह्मपुरीकाे कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूबाट कुनै शुल्क नलिई सञ्चालन गरिएकाे अतिरिक्त कक्षाले यस वर्षको नतिजामा सुधार देखिएकाे हाे ।
मा वि ब्रह्मपुरीको पाेहाेर सालकाे नतिजा अत्यन्तै कमजाेर रहेकाेले ग्रेड वृद्धिमा सहभागी हुने विद्यार्थीकाे लागि समेत निशुल्क कक्षा सञ्चालन गर्नु भएकाे प्रधानाध्यापक श्रीवास्तवले यस वर्ष पनि नि:शुल्क अतिरिक्त कक्षा सञ्चालन गर्नु भएकाे हाे ।
मेराे विद्यालयकाे विद्यार्थी अनुत्तीर्ण हुनु भनेकाे हामी अनुत्तीर्ण हुनु हाे भन्दै वहाँले विद्यालयकाे प्रशासक र विद्यार्थीकाे अभिभावककाे नाताले मैँले सम्पूर्ण जिम्मेवार लिई आफ्नो व्यक्तिगत आर्थिक सहयाेगमा नि:शुल्क अतिरिक्त कक्षा सञ्चालन गरेकाे बताउनु भयाे । विद्यालयमा नियमित हुने गरेकाे अध्ययन अध्यापनबाट विद्यार्थीहरूकाे सिकाई राम्रै रहेकाे तर अपुग विषयवस्तु तथा थप स्पष्टताका लागि आफूले अतिरिक्त कक्षा सञ्चालन गर्ने गरेकाे बताउनु भयाे । पाेहाेर साल जम्मा १ जना मात्र उतीर्ण गरेकाे यस विद्यालयबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षामामाध्यमिक विधालय ब्रहम्पुरी वाट सामेल भएका ४८ जनामध्ये २६ जना अर्थात ५४.१६ % विद्यार्थी उतीर्ण भएका हुन । त्यस्तै १ विषयमा १५ जना , २ विषयमा १ जना, ३ विषयमा २ जना,४ विषयमा १ जना तथा ७ विषयमा २ जना विषय लागेका विधार्थीहरु2082/04/29 गतेदेखि हुने ग्रेडबृद्धि परीक्षामा सामेल हुन सक्ने वहाँले बताउनुभयाे ।।
सुवाश मंडल
सर्लाही ।। रामनगर गाउँपालिकाको ऐतिहासिक र गरिमामय १६औं गाउँसभा अधिवेशन आज सभ्य र भव्यतापूर्वक सम्पन्न भएको छ। अधिवेशनको अध्यक्षता गाउँपालिका प्रमुख राजाबाबु यादवले गर्नुभयो।
कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य माननीय शिवपुजन राय यादव हुनुहुन्थ्यो भने विशिष्ट अतिथिका रूपमा बलरा नगरपालिकाका नगरप्रमुख श्री रामाशंकर प्रसाद कुशवाहा सहभागी हुनुहुन्थ्यो। गाउँपालिकाका वडा नं. १ देखि ७ सम्मका वडा अध्यक्षज्यूहरू, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी, पत्रकार, प्रशासनिक अधिकारी, स्थानीय समाजसेवी, भरभलादमी तथा बुद्धिजीवीहरूको विशेष उपस्थिति रहेको यस अधिवेशनमा स्थानीय विकास, जनहितका योजना र नीति–कार्यक्रमबारे गम्भीर छलफल भएको थियो।
गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु. ४१ करोड ३४ लाख ९० हजार ७७६ को बजेट प्रस्ताव प्रस्तुत गरेको छ। बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, स्वच्छता तथा सामाजिक सुरक्षालगायतका प्राथमिक क्षेत्रहरूलाई विशेष प्राथमिकता दिइएको बताइएको छ।
कार्यक्रममा बोल्ने वक्ताहरूले पारदर्शिता, सुशासन र जनताको सहभागीता सुनिश्चित गर्दै बजेट कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए। गाउँसभा उत्साह, हर्ष र सहमतिको वातावरणमा सम्पन्न भएको थियो।
चंचल झा
रौतहट । रौतहटमा दुर्गा मन्दिरको लागि आवश्यक पर्ने जग्गा स्थानियले दान गरेका हुन । रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नम्बर ४ पचरुखीमा अवस्थित माता दुर्गाको मन्दिरको आवश्यक पाकशाला लगायतका संरचना निर्माणका लागि जग्गा दान गरिएको हो । दुर्गाभगवती गाउँपालिका वडा नम्बर ४ निवासी मैथिल ब्राश्मण महासभा रौतहटका सल्लाहकार तथा समाजसेवी दामोदर मिश्रले आफ्नो बहुमुल्य पर्ने जग्गा मन्दिरको लागि दान गर्नु भएका छन् ।
स्थानिय मिश्रले मन्दिर नजिकै रहेको ३ धुर भन्दा बढी जग्गा मन्दिरलाई दानमा उपलब्ध गराउनु भएको स्थानिय सुरज मिश्राले जानकारी दिनु भयो ।
मन्दिरको लागि आवश्यक संरचना निर्माणको लागि आवश्यक जग्गा उपलब्ध भएको अब त्यसमा आवश्यक संचरनाहरु निर्माण गरिने छ । मन्दिरमै एक कार्यक्रमको आयोजना गरि दुर्गा मन्दिर पचरुखीका अध्यक्ष मुनचुन मिश्र, दुर्गाभगवती गाउँपालिका वडा नम्बर ३ मत्सरीका वडाअध्यक्ष धर्मेन्द्र झा तथा वडा नम्बर ४ का वडाअध्यक्ष रमानन्द प्रसाद यादबले संयुक्त रुपमा जग्गादातालाई दोसल्ला ओढाएर सम्मान गरेका छन् ।
उक्त कार्यक्रममा बोल्दै वडाध्यक्ष डि.के झाले अहिलेको युगमा पनि दान गर्ने व्यक्ति अति ठूलो मनका भएको जिकिर गर्दै ठुलो हृदय भएका व्यक्तीले नै यसरी दान गर्न सक्छ भन्दै जग्गादाता मिश्रको सराहना गर्नु भयो । त्यही कार्याक्रममा बोल्दै वडाअध्यक्ष रमानन्द यादबले मानिसहरूसँग सम्पति भएर मात्र नहुने भन्दै दान दिनको लागि ठुलो मनको आवश्यकता रहेकोमा मिश्रले गर्नु भएको योग्दानलाई नयाँ पुस्ताले हमेसा सम्झिने बताउनु भयो । जग्गा प्राप्त भइ सकेको छ अब त्यसमा मन्दिरको लागि अवश्यक संरचनाको काम सुरु गरिने दुर्गा मन्दिर पचरुखीका अध्यक्ष मुनचुन मिश्रले बताउनु भयो ।
मन्दिरलाइ जग्गा दान दिए पछि जग्गादाता मिश्रको चौतर्फी सरहाना भईरहेको छ ।
सुवाश मंडल
बलरा सर्लाही ।। सर्लाही जिल्लाको दक्षिणी भूभागमा अवस्थित बलरा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ७६ करोड ८९ लाख ८५ हजार रुपैयाँको बजेट प्रस्तुत गर्दै १५औं नगरसभा भव्य र सभ्य ढंगले सम्पन्न गरेको छ ।
नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहाको अध्यक्षतामा सम्पन्न नगरसभामा प्रमुख अतिथिको रूपमा सविधानसभा सदस्य शिवपुजन यादव आउनु भएको थियो । बिशिस्ट अतिथिको रूपमा आएको रामनगर गाउँपालिकाको अध्यक्ष राजाबाबु यादव र गोडैता नगरपालिकाको नगर प्रमुख देवेन्द्र यादव तथा सम्पूर्ण वडाध्यक्ष र जनप्रतिनिधिहरूको पूर्ण उपस्थितिमा बजेट प्रस्तुत गरिएको थियो । सो बजेटलाई नगरसभाबाट सर्वसम्मत रूपमा पारित गरिएको छ ।
२०७९ सालबाट मेयरमा निर्वाचित रामाशंकर प्रसाद कुशवाहाले निर्वाचित भएदेखि नै शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, महिला, बालबालिका, अपाङ्ग र विपन्न समुदायका क्षेत्रमा उल्लेखनीय सुधार ल्याउँदै आएको छ ।
विशेष गरी शिक्षा क्षेत्रमा एक वार्ड एक माध्यमिक बिधालयको लक्ष्य लिई हिडेको मेयर कुशवाहा अहिलेसम्मको कार्यालयमा बिधालयहरुको भौतिक बिकास अन्तर्गत बिधालयको भवन निर्वान, बिसयगत शिक्षक भर्ना, सबै स्कुलमा खाजाको ब्यबस्थापन,शिक्षक संयोजक टोली गठन र आधुनिक सामाग्रीहरुको ब्यबस्थापन गरिसकेको र बाकी काम आफ्नो कार्यकाल भित्र व्यवस्थापन गर्दै राहत र उद्धार कार्यमा सक्रिय भूमिका निभाएर उनी एक उत्तरदायी,सक्षम र जनमुखी नेतृत्वकर्ताको रूपमा उदाएको स्थानीयको धारणा छ ।
बलरा नगरपालिका अझै मधेस प्रदेशकै पिछडिएको पालिकामध्ये एक मानिन्छ, तर मेयर कुशवाहाको कार्यकालमा जनजीवनमा आएको सकारात्मक परिवर्तन तथा समावेशी विकासको दृष्टिकोणले बलरालाई नयाँ दिशा प्रदान गरेको देखिन्छ ।
उहाँ केवल एउटा् सधारण मेयर हुनुको कारण होइन, एक शालीन, शिक्षित, र समाजप्रति प्रतिबद्ध जनप्रतिनिधिका रूपमा पहिचान बनाएको छ् , जसको कार्यशैली र संयोजनबाट अन्य पालिकाका मेयरहरूले समेत सिक्नुपर्ने अवस्था सिर्जना भएको छ ।
विशेष रूपमा उनले सबै निर्वाचित जनप्रतिनिधिहरूलाई नगरसभा तथा बोर्ड बैठकहरूमा समान सम्मानसहित सहभागी गराउँदै लोकतान्त्रिक प्रक्रिया र पारदर्शिताको उदाहरणीय अभ्यास गर्दै आएकी छन्।
सर्लाही जिल्लाका २० पालिकामध्ये केही पालिकाहरूले अझै नगरसभा पूर्णत: सम्पन्न गर्न सकेका छैनन्, तर बलरा नगरपालिकाले सबै वडाका प्रतिनिधिलाई सहभागितामा ल्याई उदाहरणीय नगरसभा सम्पन्न गरेर प्रदेशभर नै सकारात्मक सन्देश दिएको छ ।
सुवाश मंडल
रौतहट ।। रौतहट जिल्लाको निर्वाचन क्षेत्र नं.१ मा राष्ट्रिय परिषद् बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ् । जिल्लाको दुर्गाभगवती गाउँपालिका स्थित रहेको श्री सरस्वती माध्यमिक बिधालय पिपरा बजारको सभा हलमा आयोजित
जनमत पार्टीको राष्ट्रिय परिषद् समन्वय बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ् । कार्यक्रमको अध्यक्षता केन्द्रिय सदस्य तथा पुर्व जिल्ला इन्चार्ज विनय कुमार वर्माले गरिरहेको थियोे भन्ने प्रमुख अतिथिको रूपमा जनमत पार्टीको राष्ट्रिय परिषद् अध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जय कान्त राउत आउनुभएको थियो ।
प्रमुख अतिथिको रूपमा आउनु भएको डा.राउत ले आफ्नो प्रशिक्षण मन्तव्य राख्दै भन्ने,जनमत पार्टीलाई बलियो शक्तिमान र सबै निर्वाचन क्षेत्रमा जनमत पार्टीको जित गराउनको लागि हामी मिसन ८४ को तयारी नयाँ तरिकाले गर्नु पर्छ तथा अहिले नै सबै उमेदवारहरुको नाम छनौट गर्नुपर्छ र एउटा् भिजनको रूपमा काम गर्नु पर्छ । साथै डा.राउतले सबै कार्यकर्ताहरुको कमी कमजोरी लिखित रूपमा लिएको थियोे ।
त्यस्तै बिशिस्ट अतिथिको रूपमा रहेको केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा मधेश प्रदेश प्रवक्ता ललित मल्लिक शानू आफ्नो मन्तव्य राख्दै भन्ने हामीलाई पार्टीको सुधार गर्न , पार्टीलाई शक्तिमान बनाउन,पार्टीको उन्नति प्रगति गर्न र मिसन ८४ मा पार्टीलाई मधेस प्रदेशको सबैभन्दा ठुलो पार्टी बनाउन गराउन्ड बाट सुरुवात गर्नु पर्छ र वार्ड नगरको समस्या बुझी सशक्ती रूपमा काम गर्नु पर्छ अनि पार्टीको उन्नति प्रगति हुनसक्छ र पार्टी मधेस प्रदेशको सबैभन्दा ठुलो पार्टी बनसक्छ । साथै बिशिस्ट अतिथि कै रूपमा रहेको जनमत पार्टी रौतहटको जिल्ला इन्चार्ज शेख जमसैदले आफ्नो मन्तव्य राख्दै भन्ने हाम्रो पार्टीको कतिवटा मन्त्रालय अहिले हुदाहुदै पनि हामीलाई केही लाभ भएको छैन,हामी भन्दा बढी त्यहा अरु पार्टीको मान्छेलाई बढी प्राथमिकता दिन्छ तर हामीलाई टेर्दैन ।
विनय कुमार वर्माको सभापतित्वमा सम्पन्न राष्ट्रिय परिषद् बैठक तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रूपमा जनमत पार्टीको राष्ट्रिय परिषद् अध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जय कान्त राउत,बिशिस्ट अतिथि केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा मधेश प्रदेश प्रवक्ता ललित मल्लिक शानू,जनमत पार्टी रौतहटको जिल्ला इन्चार्ज शेख जमसैद, अतिथि केन्द्रीय कार्यकारिणी समिति सदस्य डा.सुवन्त कुमार कुशवाहा,केन्द्रीय कार्यकारिणी समिति सदस्य गिता पासवान केन्द्रीय,बिकास कुमार यादव, अशोक कुमार सिंह,पंकज श्रीवास्तव, राम लाल यादव,बृजभुषण सिंह,संजय यादव र किरण साह,सुरक्षाकर्मी र पत्रकार लगायत हजारौंको संख्यामा नेताकार्यकर्ताहरु उपस्थित रहेको थियो ।
सुवाश मंडल
बलरा,सर्लाही ।। नेपाल भारत विकाश मञ्चद्वारा सर्लाहीको बलरामा नि:शुल्क स्वास्थ्य शिविर तथा झुल वितरण भएको छ् । बलरा नगरपालिका वार्ड नं.१ हथिऔल स्थित नेपाल भारत विकास मञ्चद्वारा नि:शुल्क स्वास्थ्य शिविर तथा झुल वितरण भएको हो ।
निःशुल्क स्वास्थ्य शिविर तथा झुल वितरण कार्यक्रमको अध्यक्षता नेपाल भारत विकास मञ्चको केन्द्रिय अध्यक्ष रामकिशोर सिंहले गरिरहेको थियोे भन्ने प्रमुख अतिथिको रूपमा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह आएको थियो ।
बलरा नगरपालिका गरिब र दलित बस्ती भएको हुनाले यहाँका मानिसहरुको स्वास्थ्यको ख्याल गर्दै नि:शुल्क स्वास्थ्य शिविर तथा प्रयाप्त निशुल्क वितरणका लागि औषधि तथा लामखुट्टेबाट बच्न झुलको ब्यवस्था गरिएको अध्यक्ष सिंहले बताएको छ् । अध्यक्ष सिंहको अनुसार २००० भन्दा बढी मानिसहरु कार्यक्रममा सहभागी भइ आफ्नो स्वास्थ्यको चेकजाँच गराका थिए भन्ने १२०० जति झुल वितरण गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति सर्लाहीको प्रमुख कौशल किशोर सिंह,विशिष्ट अतिथिहरूको रूपमा मधेश प्रदेशका दलित विकास समितिका उपाध्यक्ष राम प्रवेश बैठाज्यू,नेपाली काँग्रेसका उपसभापति डा. सरोज यादव,समाजसेवी,सुरक्षाकर्मी,पत्रकार राजनीतिकर्मी लगायत हजारौंको संख्यामा मानिसहरुको उपस्थित रहेका थिए ।


