२०८३ आश्विन ४ आईतवार
२०८३ आश्विन ४ आईतवार

नेपालमै विश्वस्तरीय क्यान्सर उपचारको प्रयास, डा. बिजेश राज घिमिरे बिरामीको विश्वासको पात्र

धिरज यादव
काठमाडौं ।। क्यान्सर उपचारका लागि विदेश जानुपर्ने बाध्यता कम गर्ने उद्देश्यसहित नेपालमै आधुनिक र गुणस्तरीय उपचार सेवा विस्तार हुँदै आएको छ । यही क्षेत्रमा लामो समयदेखि कार्यरत वरिष्ठ मेडिकल ओन्कोलोजिस्ट डा. बिजेश राज घिमिरे क्यान्सर उपचारमा सक्रिय चिकित्सकमध्ये एक हुनुहुन्छ। मेडिकल ओन्कोलोजीमा १५ वर्षभन्दा बढी अनुभव हासिल गर्नुभएका डा. घिमिरेले क्यान्सरका बिरामीलाई आधुनिक औषधि उपचार, केमोथेरापी, इम्युनोथेरापीलगायत व्यक्तिगत उपचार योजनामार्फत सेवा दिँदै आउनुभएको छ।

नेपालमै उपचार सम्भव हुँदाहुँदै विदेश जानुपर्ने अवस्थालाई कम गर्ने र बिरामीलाई स्वदेशमै भरपर्दो सेवा उपलब्ध गराउने उद्देश्य उहाँको कार्यदृष्टिकोणमा देखिन्छ।
डा. घिमिरे नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका सह-संस्थापक, मेडिकल डाइरेक्टर तथा वरिष्ठ सल्लाहकार मेडिकल ओन्कोलोजिस्टका रूपमा समेत कार्यरत हुनुहुन्छ।

ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले क्यान्सरको पहिचान, उपचार तथा अनुसन्धानसँगै केमोथेरापी, रेडिएसन, सर्जरी र प्यालिएटिभ केयरजस्ता सेवा प्रदान गर्दै आएको छ।
क्यान्सर उपचारमा प्रविधि, विशेषज्ञता र मानवीय सेवाको संयोजनमार्फत नेपालमै गुणस्तरीय उपचारको वातावरण बनाउन चिकित्सक तथा स्वास्थ्य संस्थाहरूको भूमिका महत्वपूर्ण देखिन्छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।