२०८३ श्रावण १३ बुधबार
२०८३ श्रावण १३ बुधबार

श्री जनता माध्यमिक विद्यालय औरैयाकाे प्रधानाध्यापक भीखर प्रसादलाई सम्मान तथा बिदाई

सुवाश मंडल
रौतहट ।। राैतहटकाे ईशनाथ नगरपालिकास्थित श्री जनता माध्यमिक विद्यालय औरैयाकाे प्रधानाध्यापक भीखर प्रसादलाई आज सम्मान तथा बिदाई गरिएकाे छ । शिक्षण पेशाबाट अनिवार्य अवकाश हुनु भएकाे प्रधानाध्यापक प्रसादलाई आज एक कार्यक्रमकाे बिच सम्मान तथा बिदाई गरिएकाे हाे ।

ईशनाथ नगरपालिकाकी नगर प्रमुख काैशल्या देवीकाे प्रमुख आतिथ्यमा विद्यालय प्राङ्गणमा आज सम्पन्न कार्यक्रम मार्फत वहाँकाे सम्मान तथा बिदाई गरिएकाे विद्यालयकाे शिक्षक संजय कुमार यादवले जानकारी दिनु भयाे । माध्यमिक तहकाे गणित शिक्षककाे रूपमा शिक्षण सेवामा प्रवेश गर्नु भएकाे वहाँ अस्थायी र स्थाथी गरी झण्डै २९ वर्ष सेवा गरी अनिवार्य अवकाश हुनु भएकाे हाे ।

विद्यालयकाे माध्यमिक तहकाे सामाजिक शिक्षक राम विश्वास मुखियाले सञ्चालन गर्नु भएकाे साे कार्यक्रममा ईशनाथ नगरपालिकाकाे याेजना शाखा प्रमुख इशराजुल खान, शिक्षा शाखाकाे निरंजन सिन्हा, स्थानीय समाजसेवी डा• निरज सिन्हा, प्रमोद कुमार यादव, विद्यालय व्यवस्थापन समितिकाे अध्यक्ष लालबाबु प्रसाद यादव, पूर्व अध्यक्ष रामवचन साह, वि व्य स सदस्य नारायण महताे, चन्दा देवी, मा वि डुमरियाकाे प्रधानाध्यापक दिपक मेहता, मा वि घिउराकाे प्रधानाध्यापक चन्देश्वर यादव, मा वि मठियाकाे प्रधानाध्यापक अरविन्द साह, मा वि बन्जरहाकाे प्रधानाध्यापक नारायण साह लगायतकाे विशेष उपस्थित रहेकाे थियाे ।

अवकाश हुनु भएकाे प्रधानाध्यापक प्रसादकाे याेगदानकाे कदर गर्दै विद्यालय परिवार र विद्यार्थीहरूले अबिर, फूलमाला र गम्छा ओढाएर सम्मान गरेकाे थियाे । विद्यालयकाे माध्यमिक तहकाे विज्ञान शिक्षक खुर्शिद आलममे स्वागत् मन्तव्य राख्नु भएकाे साे कार्यक्रममा बाेल्ने बक्ताहरूले प्रधानाध्यापक भीखर प्रसादकाे शिक्षा र विद्यालयप्रतिकाे याेगदान तथा सेवा भागकाे खुलेर प्रशंसा गरेकाे थियाे।

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।