२०८३ भाद्र १९ शुक्रबार
२०८३ भाद्र १९ शुक्रबार

बाढीपीडितको सहयोगका लागि समाज सेवा युवा क्लबद्वारा राहत संकलन अभियान सुरु

सुवाश मंडल
​बलरा, सर्लाही ।। “मानवता हाम्रो धर्म, सहयोग हाम्रो कर्म” भन्ने मूल नाराका साथ सर्लाहीको बलरा नगरपालिका–११, छतौनामा क्रियाशील समाज सेवा युवा क्लबले बाढीपीडितहरूका लागि राहत संकलन अभियान सञ्चालन गरेको छ । ​

भदौ १० गते भोटेकोसी नदिमा आएको बाढीबाट प्रभावित भएका नागरिकहरूलाई तत्काल सहायता पुर्‍याउने उद्देश्यले क्लबले छतौनालाई मुख्य संकलन केन्द्र बनाएर अभियानको थालनी गरेको हो ।​ अभियान अन्तर्गत खाद्यान्न, लत्ताकपडा, आवश्यक औषधि, पिउने पानी तथा सरसफाइका सामग्रीहरू संकलन भइरहेको आयोजक अक्षय कुमार मंडलले जनाएको छ । पीडितहरूलाई तत्काल राहतको आवश्यकता रहेकाले संकलन कार्य तुरुन्तै सुरु भइसकेको छ ।

​”सानो सहयोग, ठूलो मानवता” भन्ने सन्देश दिँदै क्लबले यस दुःखद घडीमा सम्पूर्ण स्थानीयवासी, समाजसेवी, तथा इच्छुक महानुभावहरूलाई हातेमालो गर्दै सहयोग गर्न हार्दिक अपिल गरेको छ । ​सबैको सानो प्रयासले विपद्मा परेकाहरूलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गर्दै आयोजक समाज सेवा युवा क्लबले सद्भाव, एकता र सहयोगका लागि सबैप्रति धन्यवाद ज्ञापन समेत गरेको छ ।

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।