२०८३ भाद्र १९ शुक्रबार
२०८३ भाद्र १९ शुक्रबार

सर्लाहीमा प्रधानाध्यापकमाथि कुटपिट र सवारी तोडफोड; एक जना नियन्त्रणमा, प्रहरीद्वारा अनुसन्धान जारी

सुवाश मंडल
​सर्लाही ।। सर्लाहीको बलरा नगरपालिका–४ स्थित श्री रामसखी मोहित सिंह जनता उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट तथा सवारी साधन तोडफोड भएको घटनाप्रति जिल्ला प्रहरी कार्यालय सर्लाहीले ध्यानाकर्षण भएको जनाएको छ। सामाजिक सञ्जालमा उक्त घटनाको भिडियो प्रसारित भएपछि प्रहरीले अनुसन्धान प्रक्रिया तीव्र पारेको छ।
​प्रहरीका अनुसार विद्यालयभित्र सर-सफाइ गराउने विषयमा प्रधानाध्यापकले विद्यार्थीहरूलाई गालीगलौज तथा दुर्व्यवहार गरेको भन्दै विद्यार्थी र शिक्षकहरूबीच छलफल भइरहेको थियो। सोही छलफलका क्रममा ५५ वर्षीय प्रधानाध्यापक बीरेन्द्र झामाथि कुटपिट भएको हो ।

कुटपिटबाट उनी सामान्य घाइते भएका छन् भने उनको सवारी साधनमा समेत तोडफोड गरिएको छ । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय मलङ्गवाबाट खटिएको टोलीले घटनामा संलग्न रहेको आरोपमा बलरा नगरपालिका–२ बस्ने २० वर्षीय अभिषेक कापडलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वेद प्रसाद गौतमका अनुसार पक्राउ परेका कापडमाथि थप अनुसन्धान भइरहेको छ भने घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा अनुसन्धान कार्य जारी रहेको छ ।

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।