सुवाश मंडल
रौतहट ।। राैतहटकाे राजदेवीस्थित श्री माध्यमिक विद्यालय ब्रह्मपुरीकाे प्रधानाध्यापक दिपेन्द्र प्रसाद श्रीवास्तवकाे आर्थिक सहयाेगमा सञ्चालित नि:शुल्क अतिरिक्त कक्षाले यस वर्षको माध्यमिक शिक्षा परीक्षाकाे नतिजामा सुधार देखिएकाे छ । मा वि ब्रह्मपुरीकाे कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूबाट कुनै शुल्क नलिई सञ्चालन गरिएकाे अतिरिक्त कक्षाले यस वर्षको नतिजामा सुधार देखिएकाे हाे ।
मा वि ब्रह्मपुरीको पाेहाेर सालकाे नतिजा अत्यन्तै कमजाेर रहेकाेले ग्रेड वृद्धिमा सहभागी हुने विद्यार्थीकाे लागि समेत निशुल्क कक्षा सञ्चालन गर्नु भएकाे प्रधानाध्यापक श्रीवास्तवले यस वर्ष पनि नि:शुल्क अतिरिक्त कक्षा सञ्चालन गर्नु भएकाे हाे ।
मेराे विद्यालयकाे विद्यार्थी अनुत्तीर्ण हुनु भनेकाे हामी अनुत्तीर्ण हुनु हाे भन्दै वहाँले विद्यालयकाे प्रशासक र विद्यार्थीकाे अभिभावककाे नाताले मैँले सम्पूर्ण जिम्मेवार लिई आफ्नो व्यक्तिगत आर्थिक सहयाेगमा नि:शुल्क अतिरिक्त कक्षा सञ्चालन गरेकाे बताउनु भयाे । विद्यालयमा नियमित हुने गरेकाे अध्ययन अध्यापनबाट विद्यार्थीहरूकाे सिकाई राम्रै रहेकाे तर अपुग विषयवस्तु तथा थप स्पष्टताका लागि आफूले अतिरिक्त कक्षा सञ्चालन गर्ने गरेकाे बताउनु भयाे । पाेहाेर साल जम्मा १ जना मात्र उतीर्ण गरेकाे यस विद्यालयबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षामामाध्यमिक विधालय ब्रहम्पुरी वाट सामेल भएका ४८ जनामध्ये २६ जना अर्थात ५४.१६ % विद्यार्थी उतीर्ण भएका हुन । त्यस्तै १ विषयमा १५ जना , २ विषयमा १ जना, ३ विषयमा २ जना,४ विषयमा १ जना तथा ७ विषयमा २ जना विषय लागेका विधार्थीहरु2082/04/29 गतेदेखि हुने ग्रेडबृद्धि परीक्षामा सामेल हुन सक्ने वहाँले बताउनुभयाे ।।










