सुवाश मंडल
मलङ्गवा, सर्लाही । । जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले जिल्ला प्रहरी कार्यालय सर्लाहीको निरीक्षण भ्रमण गर्नुभएको छ। मङ्गलवार भएको उक्त निरीक्षणका क्रममा उहाँले कार्यालयका सम्पूर्ण शाखाहरूको वस्तुस्थिति र कार्यसम्पादनको वस्तुगत अनुगमन गर्नुभयो। निरीक्षण पश्चात् आयोजित एक विशेष कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी सुवेदीले सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै जिल्लाको शान्ति सुरक्षालाई थप सुदृढ र प्रभावकारी बनाउन निर्देशन दिनुभयो ।
नागरिकको जीउधनको सुरक्षा र कानुनको पालना गराउने कार्यमा प्रहरीको भूमिका सर्वोपरी रहन्छ। आम सर्वसाधारणले सुरक्षित र न्यायपूर्ण वातावरण महसुस गर्न सक्ने गरी कार्यसम्पादन गर्न आवश्यक छ । सर्लाही जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई सधैँ चुस्त र दुरुस्त राख्न चौबीसै घण्टा सतर्क रहन आग्रह गरेको छ् । वर्तमान समयमा देखिन सक्ने विभिन्न सुरक्षा चुनौतीहरू तथा समसामयिक विषयवस्तुहरूलाई गम्भीरतापूर्वक लिँदै पूर्वतयारीका साथ काम गर्न निर्देशन दिएको छ् ।










