२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

विश्व नेतृत्त्व शिखर सम्मेलन–२०२६ मा राजेश कुमार यादव सम्मानित

सन्तोष यादव
सर्लाही ।। मिति २०८२/१०/२० गते दिल्लीमा सम्पन्न विश्व नेतृत्त्व शिखर सम्मेलन–२०२६ को अवसरमा जनस्वास्थ्य (क्षयरोग कार्यक्रम) का विज्ञ राजेश कुमार यादव लाई नेपाल शिक्षा परिवर्तन अवार्ड प्रदान गरिएको छ। उक्त अवार्ड पूर्व शिक्षा, स्वास्थ्य तथा राजनीतिज्ञ एवं दार्शनिक डा. करन सिंह ले प्रदान गर्नुभएको हो।

क्षयरोग अनुसन्धानमा निरन्तर सक्रिय यादव यसअघि सन् २०२५ मा बेलायतस्थित रोयल सोसाइटी अफ ट्रपिकल मेडिसिन बाट सम्मानित भइसकेका छन्। साथै, सन् २०२४ मा गण्डकी प्रदेशमा उत्कृष्ट क्षयरोग नियन्त्रण कार्यक्रम सफलतापूर्वक कार्यान्वयन गरेबापत उहाँ राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र बाट उत्कृष्ट कर्मचारीका रूपमा सम्मानित हुनुभएको थियो।

यादवले आधारभूत शिक्षा आफ्नै गाउँको सरकारी विद्यालय—श्री माध्यमिक विद्यालय, आनन्दनगर टाँडी, बरहथवा नगरपालिका–८, सर्लाहीबाट प्राप्त गर्नुभएको हो। संयोगवश, उहाँले अध्ययन गरेको यही विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष का रूपमा नेतृत्व सम्हाल्दै विद्यालय रूपान्तरणमा उल्लेखनीय योगदान दिनुभयो।

उहाँ अध्यक्ष हुनुअघि विद्यालय आधारभूत तहसम्म मात्र सीमित थियो, विद्यार्थी संख्या करिब ३२० थियो र भौतिक संरचना जीर्ण अवस्थामा थियो। तर उहाँको कार्यकालमा तीन वटा नयाँ भवन निर्माण, कक्षा १० सम्म पठन–पाठन विस्तार तथा विद्यार्थी संख्या करिब ७२५ पुर्‍याउन सफल भयो। यसका साथै विद्यालयलाई उत्कृष्ट विद्यालयका रूपमा स्थापित गर्न स्थानीय तहसँग सहकार्य गरिएको स्थानीय बासिन्दाहरू बताउँछन्।

स्थानीय जनताका अनुसार पछिल्ला ४० वर्षमा विभिन्न व्यक्तिले विद्यालय व्यवस्थापन समितिको नेतृत्व गरे पनि राजेश कुमार यादवले तीन वर्षमै हासिल गरेको उपलब्धि ऐतिहासिक रहेको छ। उहाँको कामले सार्वजनिक विद्यालय पनि उदाहरणीय बन्न सक्छ भन्ने विश्वास स्थापित भएको उनीहरूको भनाइ छ।

पूर्व रक्षा मन्त्री हरि प्रसाद उप्रेती, मधेश प्रदेश सरकारका पूर्व अर्थ मन्त्री सञ्जय यादव तथा बरहथवा नगर प्रमुख कल्पना कटुवाल ले यादवलाई इमानदारिता, कार्यकुशलता र समाजप्रतिको उत्तरदायित्वका उत्कृष्ट उदाहरणका रूपमा मूल्यांकन गर्नुभएको छ।

अवार्ड ग्रहणपछि प्रतिक्रिया दिँदै यादवले कामको पहिचान पाउनु ठूलो कृतज्ञताको अनुभूति भएको बताउनुभयो। उहाँले भन्नुभयो,
“सामुदायिक विद्यालय सक्षम छन्, तर व्यवस्थापनको अभावले अपेक्षित नतिजा आउन सकेको छैन। विद्यालय सफल बनाउन प्रतिबद्धता, सुशासन, राजनीतिकरणको अन्त्य तथा विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूको कर्तव्यनिष्ठता आवश्यक छ।”

उहाँले नेपाल शिक्षा परिवर्तन अवार्ड को सफलताको श्रेय परिवार, पूर्व रक्षा मन्त्री हरि प्रसाद उप्रेती, पूर्व प्रदेश अर्थ मन्त्री सञ्जय यादव, नगर प्रमुख कल्पना कटुवाल, गाउँका अभिभावक, आफन्त, गुरुजन तथा सहयोगी संस्थाहरूलाई दिनुभयो।

हाल राजेश कुमार यादव पोखरा विश्वविद्यालयमा मास्टर अफ हेल्थ इन्फर्मेटिक्स कार्यक्रम संयोजक का रूपमा कार्यरत हुनुहुन्छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।