२०८२ चैत्र २ सोमबार
२०८२ चैत्र २ सोमबार

नगरप्रमुख यादवले बिधालय परिवार र किसानसँग मनाए राष्ट्रिय धान दिवस

रौतहट, १५ असार । कृषिप्रधान देश नेपालमा आज १५ असार, राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ। यही अवसरमा रौतहट जिल्लाको राजदेवी नगरपालिका–१ स्थित श्री माध्यमिक विद्यालय पथराले विद्यालय परिसर नजिकको खेतमा धान रोपेर धान दिवस मनाएको हो।

कार्यक्रमको आयोजना विद्यालयले गरेको हो भने धान रोपाइँ कार्य विद्यालय पूर्वपट्टी रहेको स्थानीय कृषक नागेन्द्र प्रसाद यादवको खेतमा सम्पन्न भएको हो। विद्यालयका प्रधानाध्यापक उति चन्द्र यादवका अनुसार विद्यालयले कृषि शिक्षासँगै व्यावहारिक ज्ञानको अभ्यासलाई जोड दिँदै यस्तो कार्यक्रम आयोजना गरेको हो।

धान दिवसको कार्यक्रममा नगरप्रमुख भिखारी प्रसाद यादव, उपप्रमुख, शिक्षक, स्थानीय किसान, कर्मचारी तथा अध्ययनरत विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागी सबैले बारीमा पसेर हातैले धान रोप्दै परम्परागत संस्कृति र कृषि पेशाको सम्मान प्रकट गरे।

नगरप्रमुख यादवले कार्यक्रममा बोल्दै कृषकहरू राष्ट्रका मेरुदण्ड भएको उल्लेख गर्दै भने, “कृषि पेशा अपार सम्भावना बोकेको क्षेत्र हो, यसको प्रवर्द्धनका लागि स्थानीय सरकारले आवश्यक सहयोग पुर्‍याउँदै आएको छ र आगामी दिनमा पनि किसानहरूलाई बीउ, मल, सिँचाइ, तालिमजस्ता सेवा–सुविधा थप प्रभावकारी बनाइनेछ।”

विद्यालयको यस्तो पहलले विद्यार्थीहरूमा कृषि क्षेत्रप्रतिको लगाव बढाउने र पुस्तान्तरणमार्फत परम्परागत सीपको संरक्षण र विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।