२०८३ भाद्र २१ आईतवार
२०८३ भाद्र २१ आईतवार

ट्राफिक प्रहरीको दोहोरो मापदण्ड: आफ्नै कार्यालय अगाडि ‘नो पार्किङ’ को धज्जी, सर्वसाधारणलाई भने जरिवानाको सास्ती

सुवाश मंडल
​गौर, रौतहट ।। जिल्ला ट्राफिक प्रहरी कार्यालय गौर, रौतहटको कार्यशैलीलाई लिएर स्थानीय सर्वसाधारण तथा सवारी चालकहरूले तीव्र आक्रोश व्यक्त गरेका छन्। सर्वसाधारणलाई नियम र कानुनको पाठ पढाउने ट्राफिक प्रहरी स्वयंले भने दोहोरो मापदण्ड अपनाउँदै सर्वसाधारणलाई अकारण सास्ती दिने गरेको पाइएको छ।
​कार्यालयको ठीक अगाडि प्रस्ट रूपमा ‘नो पार्किङ’ (No Parking) को बोर्ड राखिएको भए तापनि त्यहाँ दैनिकजसो नियम विपरीत मोटरसाइकलहरू पार्किङ गरिएका हुन्छन्। तर, आफ्नै आँखाअगाडि भएको उक्त नियम उल्लङ्घनतर्फ ट्राफिक प्रहरीको ध्यान जाँदैन र त्यस्ता सवारीसाधनमाथि कुनै किसिमको कारबाही हुँदैन।
​यसको ठीक उल्टो, घरायसी तथा व्यक्तिगत कामको सिलसिलामा आवतजावत गर्ने सर्वसाधारणलाई भने विभिन्न बहानामा रोकेर अनावश्यक दुःख दिने गरिएको स्थानीयको गुनासो छ। ट्राफिक नियम सुधार र सुरक्षित यात्राको नाममा सर्वसाधारणको ढाड सेक्ने गरी हजारौँ रुपैयाँको रसिद (चालान) काट्ने गरिएको छ।
​स्थानीयवासीका अनुसार, ट्राफिक प्रहरीको मुख्य ध्यान ट्राफिक व्यवस्थापन र जनचेतना फैलाउनु भन्दा पनि जरिवाना असुलीमा मात्र केन्द्रित देखिन्छ। नियम सबैका लागि बराबर हुनुपर्नेमा पहुँचवाला र कार्यालय अगाडिका नियम उल्लङ्घनकर्तालाई छुट दिने र सर्वसाधारणलाई मात्र निसाना बनाउने परिपाटीले प्रहरी प्रशासनमाथिको जनविश्वास घट्दै गएको छ।
​यस विषयमा सम्बन्धित माथिल्लो निकाय र प्रशासनले तुरुन्त ध्यान दिई ट्राफिक प्रहरीको मनपरी रोक्न र सबैका लागि समान रूपमा नियम लागू गराउन स्थानीयहरूले माग गरेका छन् ।

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।