२०८२ चैत्र २ सोमबार
२०८२ चैत्र २ सोमबार

गौर-चपुर सडकखण्डमा सवारी क्षतिग्रस्त, स्थानीय आक्रोशित

सुवाश मंडल
रौतहट, २० माघ ।। रौतहटको गौर–चपुर सडकखण्ड अन्तर्गत सुखदेव चोकभन्दा पछाडि आज बिहानै एक सवारी दुर्घटना भएको छ । सडक निर्माणमा संलग्न कम्पनीको लापरवाहीका कारण दुर्घटना भएको भन्दै स्थानीयवासीहरूले तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।

निर्माण कार्यका क्रममा आवश्यक सुरक्षाका मापदण्ड नअपनाइँदा तथा अधुरो सडकमा चेतावनी संकेतसमेत नराखी सवारी सञ्चालन गर्न दिइएकाले दुर्घटना भएको स्थानीयहरूको भनाइ छ । सडकको अवस्थासमेत जोखिमपूर्ण रहेकाले यात्रु तथा चालक दुवैको ज्यान जोखिममा परेको उनीहरूले बताएका छन् ।

स्थानीयका अनुसार निर्माणाधीन सडकमा खाल्डाखुल्डी, अव्यवस्थित ढल निकास र सुरक्षा संकेतको अभावका कारण सवारी चालकले समयमै सावधानी अपनाउन नसक्दा दुर्घटना हुन पुगेको हो । “काम अधुरै छ, तर सुरक्षा व्यवस्थाको कुनै ध्यान छैन। यस्तो लापरवाहीले ठूलो मानवीय क्षति हुन सक्थ्यो,” एक स्थानीयले आक्रोश व्यक्त गरे ।

दुर्घटनामा कुनै मानवीय क्षति नभएको भए पनि सवारी साधनमा उल्लेखनीय क्षति पुगेको प्रहरीले जनाएको छ ।

सडक निर्माणमा हुने यस्ता लापरवाहीले सर्वसाधारणको ज्यान जोखिममा पार्ने भन्दै स्थानीयवासीहरूले तत्काल मर्मत–सम्भार गरी सुरक्षित आवागमन सुनिश्चित गर्न र लापरवाही गर्ने निर्माण कम्पनीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग जोडदार माग गरेका छन् ।

निर्माणाधीन सडकमा सुरक्षाका न्यूनतम मापदण्डसमेत पालना नगर्दा यस्ता दुर्घटना दोहोरिन सक्ने खतरा रहेकाले सम्बन्धित पक्षको चासो र जिम्मेवारी आवश्यक देखिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।