२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

सुवाश मंडल
सर्लाही ।। रामनगर गाउँपालिकाको ऐतिहासिक र गरिमामय १६औं गाउँसभा अधिवेशन आज सभ्य र भव्यतापूर्वक सम्पन्न भएको छ। अधिवेशनको अध्यक्षता गाउँपालिका प्रमुख राजाबाबु यादवले गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य माननीय शिवपुजन राय यादव हुनुहुन्थ्यो भने विशिष्ट अतिथिका रूपमा बलरा नगरपालिकाका नगरप्रमुख श्री रामाशंकर प्रसाद कुशवाहा सहभागी हुनुहुन्थ्यो। गाउँपालिकाका वडा नं. १ देखि ७ सम्मका वडा अध्यक्षज्यूहरू, कार्यपालिका सदस्य, वडा सदस्य, कर्मचारी, पत्रकार, प्रशासनिक अधिकारी, स्थानीय समाजसेवी, भरभलादमी तथा बुद्धिजीवीहरूको विशेष उपस्थिति रहेको यस अधिवेशनमा स्थानीय विकास, जनहितका योजना र नीति–कार्यक्रमबारे गम्भीर छलफल भएको थियो।

गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु. ४१ करोड ३४ लाख ९० हजार ७७६ को बजेट प्रस्ताव प्रस्तुत गरेको छ। बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, स्वच्छता तथा सामाजिक सुरक्षालगायतका प्राथमिक क्षेत्रहरूलाई विशेष प्राथमिकता दिइएको बताइएको छ।

कार्यक्रममा बोल्ने वक्ताहरूले पारदर्शिता, सुशासन र जनताको सहभागीता सुनिश्चित गर्दै बजेट कार्यान्वयनमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए। गाउँसभा उत्साह, हर्ष र सहमतिको वातावरणमा सम्पन्न भएको थियो।

चंचल झा
रौतहट । रौतहटमा दुर्गा मन्दिरको लागि आवश्यक पर्ने जग्गा स्थानियले दान गरेका हुन । रौतहटको दुर्गाभगवती गाउँपालिका वडा नम्बर ४ पचरुखीमा अवस्थित माता दुर्गाको मन्दिरको आवश्यक पाकशाला लगायतका संरचना निर्माणका लागि जग्गा दान गरिएको हो । दुर्गाभगवती गाउँपालिका वडा नम्बर ४ निवासी मैथिल ब्राश्मण महासभा रौतहटका सल्लाहकार तथा समाजसेवी दामोदर मिश्रले आफ्‌नो बहुमुल्य पर्ने जग्गा मन्दिरको लागि दान गर्नु भएका छन् ।

स्थानिय मिश्रले मन्दिर नजिकै रहेको ३ धुर भन्दा बढी जग्गा मन्दिरलाई दानमा उपलब्ध गराउनु भएको स्थानिय सुरज मिश्राले जानकारी दिनु भयो ।
मन्दिरको लागि आवश्यक संरचना निर्माणको लागि आवश्यक जग्गा उपलब्ध भएको अब त्यसमा आवश्यक संचरनाहरु निर्माण गरिने छ । मन्दिरमै एक कार्यक्रमको आयोजना गरि दुर्गा मन्दिर पचरुखीका अध्यक्ष मुनचुन मिश्र, दुर्गाभगवती गाउँपालिका वडा नम्बर ३ मत्सरीका वडाअध्यक्ष धर्मेन्द्र झा तथा वडा नम्बर ४ का वडाअध्यक्ष रमानन्द प्रसाद यादबले संयुक्त रुपमा जग्गादातालाई दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

उक्त कार्यक्रममा बोल्दै वडाध्यक्ष डि.के झाले अहिलेको युगमा पनि दान गर्ने व्यक्ति अति ठूलो मनका भएको जिकिर गर्दै ठुलो हृदय भएका व्यक्तीले नै यसरी दान गर्न सक्छ भन्दै जग्गादाता मिश्रको सराहना गर्नु भयो । त्यही कार्याक्रममा बोल्दै वडाअध्यक्ष रमानन्द यादबले मानिसहरूसँग सम्पति भएर मात्र नहुने भन्दै दान दिनको लागि ठुलो मनको आवश्यकता रहेकोमा मिश्रले गर्नु भएको योग्दानलाई नयाँ पुस्ताले हमेसा सम्झिने बताउनु भयो । जग्गा प्राप्त भइ सकेको छ अब त्यसमा मन्दिरको लागि अवश्यक संरचनाको काम सुरु गरिने दुर्गा मन्दिर पचरुखीका अध्यक्ष मुनचुन मिश्रले बताउनु भयो ।
मन्दिरलाइ जग्गा दान दिए पछि जग्गादाता मिश्रको चौतर्फी सरहाना भईरहेको छ ।

सुवाश मंडल
बलरा सर्लाही ।। सर्लाही जिल्लाको दक्षिणी भूभागमा अवस्थित बलरा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ७६ करोड ८९ लाख ८५ हजार रुपैयाँको बजेट प्रस्तुत गर्दै १५औं नगरसभा भव्य र सभ्य ढंगले सम्पन्न गरेको छ ।

नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहाको अध्यक्षतामा सम्पन्न नगरसभामा प्रमुख अतिथिको रूपमा सविधानसभा सदस्य शिवपुजन यादव आउनु भएको थियो । बिशिस्ट अतिथिको रूपमा आएको रामनगर गाउँपालिकाको अध्यक्ष राजाबाबु यादव र गोडैता नगरपालिकाको नगर प्रमुख देवेन्द्र यादव तथा सम्पूर्ण वडाध्यक्ष र जनप्रतिनिधिहरूको पूर्ण उपस्थितिमा बजेट प्रस्तुत गरिएको थियो । सो बजेटलाई नगरसभाबाट सर्वसम्मत रूपमा पारित गरिएको छ ।

२०७९ सालबाट मेयरमा निर्वाचित रामाशंकर प्रसाद कुशवाहाले निर्वाचित भएदेखि नै शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, महिला, बालबालिका, अपाङ्ग र विपन्न समुदायका क्षेत्रमा उल्लेखनीय सुधार ल्याउँदै आएको छ ।

विशेष गरी शिक्षा क्षेत्रमा एक वार्ड एक माध्यमिक बिधालयको लक्ष्य लिई हिडेको मेयर कुशवाहा अहिलेसम्मको कार्यालयमा बिधालयहरुको भौतिक बिकास अन्तर्गत बिधालयको भवन निर्वान, बिसयगत शिक्षक भर्ना, सबै स्कुलमा खाजाको ब्यबस्थापन,शिक्षक संयोजक टोली गठन र आधुनिक सामाग्रीहरुको ब्यबस्थापन गरिसकेको र बाकी काम आफ्नो कार्यकाल भित्र व्यवस्थापन गर्दै राहत र उद्धार कार्यमा सक्रिय भूमिका निभाएर उनी एक उत्तरदायी,सक्षम र जनमुखी नेतृत्वकर्ताको रूपमा उदाएको स्थानीयको धारणा छ ।

बलरा नगरपालिका अझै मधेस प्रदेशकै पिछडिएको पालिकामध्ये एक मानिन्छ, तर मेयर कुशवाहाको कार्यकालमा जनजीवनमा आएको सकारात्मक परिवर्तन तथा समावेशी विकासको दृष्टिकोणले बलरालाई नयाँ दिशा प्रदान गरेको देखिन्छ ।

उहाँ केवल एउटा् सधारण मेयर हुनुको कारण होइन, एक शालीन, शिक्षित, र समाजप्रति प्रतिबद्ध जनप्रतिनिधिका रूपमा पहिचान बनाएको छ् , जसको कार्यशैली र संयोजनबाट अन्य पालिकाका मेयरहरूले समेत सिक्नुपर्ने अवस्था सिर्जना भएको छ ।

विशेष रूपमा उनले सबै निर्वाचित जनप्रतिनिधिहरूलाई नगरसभा तथा बोर्ड बैठकहरूमा समान सम्मानसहित सहभागी गराउँदै लोकतान्त्रिक प्रक्रिया र पारदर्शिताको उदाहरणीय अभ्यास गर्दै आएकी छन्।

सर्लाही जिल्लाका २० पालिकामध्ये केही पालिकाहरूले अझै नगरसभा पूर्णत: सम्पन्न गर्न सकेका छैनन्, तर बलरा नगरपालिकाले सबै वडाका प्रतिनिधिलाई सहभागितामा ल्याई उदाहरणीय नगरसभा सम्पन्न गरेर प्रदेशभर नै सकारात्मक सन्देश दिएको छ ।

सुवाश मंडल
रौतहट ।। रौतहट जिल्लाको निर्वाचन क्षेत्र नं.१ मा राष्ट्रिय परिषद् बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ् । जिल्लाको दुर्गाभगवती गाउँपालिका स्थित रहेको श्री सरस्वती माध्यमिक बिधालय पिपरा बजारको सभा हलमा आयोजित
जनमत पार्टीको राष्ट्रिय परिषद् समन्वय बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ् । कार्यक्रमको अध्यक्षता केन्द्रिय सदस्य तथा पुर्व जिल्ला इन्चार्ज विनय कुमार वर्माले गरिरहेको थियोे भन्ने प्रमुख अतिथिको रूपमा जनमत पार्टीको राष्ट्रिय परिषद् अध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जय कान्त राउत आउनुभएको थियो ।

प्रमुख अतिथिको रूपमा आउनु भएको डा.राउत ले आफ्नो प्रशिक्षण मन्तव्य राख्दै भन्ने,जनमत पार्टीलाई बलियो शक्तिमान र सबै निर्वाचन क्षेत्रमा जनमत पार्टीको जित गराउनको लागि हामी मिसन ८४ को तयारी नयाँ तरिकाले गर्नु पर्छ तथा अहिले नै सबै उमेदवारहरुको नाम छनौट गर्नुपर्छ र एउटा् भिजनको रूपमा काम गर्नु पर्छ । साथै डा.राउतले सबै कार्यकर्ताहरुको कमी कमजोरी लिखित रूपमा लिएको थियोे ।

त्यस्तै बिशिस्ट अतिथिको रूपमा रहेको केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा मधेश प्रदेश प्रवक्ता ललित मल्लिक शानू आफ्नो मन्तव्य राख्दै भन्ने हामीलाई पार्टीको सुधार गर्न , पार्टीलाई शक्तिमान बनाउन,पार्टीको उन्नति प्रगति गर्न र मिसन ८४ मा पार्टीलाई मधेस प्रदेशको सबैभन्दा ठुलो पार्टी बनाउन गराउन्ड बाट सुरुवात गर्नु पर्छ र वार्ड नगरको समस्या बुझी सशक्ती रूपमा काम गर्नु पर्छ अनि पार्टीको उन्नति प्रगति हुनसक्छ र पार्टी मधेस प्रदेशको सबैभन्दा ठुलो पार्टी बनसक्छ । साथै बिशिस्ट अतिथि कै रूपमा रहेको जनमत पार्टी रौतहटको जिल्ला इन्चार्ज शेख जमसैदले आफ्नो मन्तव्य राख्दै भन्ने हाम्रो पार्टीको कतिवटा मन्त्रालय अहिले हुदाहुदै पनि हामीलाई केही लाभ भएको छैन,हामी भन्दा बढी त्यहा अरु पार्टीको मान्छेलाई बढी प्राथमिकता दिन्छ तर हामीलाई टेर्दैन ।

विनय कुमार वर्माको सभापतित्वमा सम्पन्न राष्ट्रिय परिषद् बैठक तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रूपमा जनमत पार्टीको राष्ट्रिय परिषद् अध्यक्ष तथा संगठन विभाग प्रमुख डा. जय कान्त राउत,बिशिस्ट अतिथि केन्द्रीय कार्यकारिणी समिति सदस्य तथा मधेश प्रदेश प्रवक्ता ललित मल्लिक शानू,जनमत पार्टी रौतहटको जिल्ला इन्चार्ज शेख जमसैद, अतिथि केन्द्रीय कार्यकारिणी समिति सदस्य डा.सुवन्त कुमार कुशवाहा,केन्द्रीय कार्यकारिणी समिति सदस्य गिता पासवान केन्द्रीय,बिकास कुमार यादव, अशोक कुमार सिंह,पंकज श्रीवास्तव, राम लाल यादव,बृजभुषण सिंह,संजय यादव र किरण साह,सुरक्षाकर्मी र पत्रकार लगायत हजारौंको संख्यामा नेताकार्यकर्ताहरु उपस्थित रहेको थियो ।

सुवाश मंडल
बलरा,सर्लाही ।। नेपाल भारत विकाश मञ्चद्वारा सर्लाहीको बलरामा नि:शुल्क स्वास्थ्य शिविर तथा झुल वितरण भएको छ् । बलरा नगरपालिका वार्ड नं.१ हथिऔल स्थित नेपाल भारत विकास मञ्चद्वारा नि:शुल्क स्वास्थ्य शिविर तथा झुल वितरण भएको हो ।

निःशुल्क स्वास्थ्य शिविर तथा झुल वितरण कार्यक्रमको अध्यक्षता नेपाल भारत विकास मञ्चको केन्द्रिय अध्यक्ष रामकिशोर सिंहले गरिरहेको थियोे भन्ने प्रमुख अतिथिको रूपमा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशल किशोर सिंह आएको थियो ।

बलरा नगरपालिका गरिब र दलित बस्ती भएको हुनाले यहाँका मानिसहरुको स्वास्थ्यको ख्याल गर्दै नि:शुल्क स्वास्थ्य शिविर तथा प्रयाप्त निशुल्क वितरणका लागि औषधि तथा लामखुट्टेबाट बच्न झुलको ब्यवस्था गरिएको अध्यक्ष सिंहले बताएको छ् । अध्यक्ष सिंहको अनुसार २००० भन्दा बढी मानिसहरु कार्यक्रममा सहभागी भइ आफ्नो स्वास्थ्यको चेकजाँच गराका थिए भन्ने १२०० जति झुल वितरण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति सर्लाहीको प्रमुख कौशल किशोर सिंह,विशिष्ट अतिथिहरूको रूपमा मधेश प्रदेशका दलित विकास समितिका उपाध्यक्ष राम प्रवेश बैठाज्यू,नेपाली काँग्रेसका उपसभापति डा. सरोज यादव,समाजसेवी,सुरक्षाकर्मी,पत्रकार राजनीतिकर्मी लगायत हजारौंको संख्यामा मानिसहरुको उपस्थित रहेका थिए ।

सुवाश मंडल
रौतहट ।। रौतहटमा करेन्ट लागेर एक गर्भवती महिलाको मृत्यु गएकी छिन् । जिल्लाको राजपुर नगरपालिका वार्ड नं.३ डमार पोखरीयाको शेख सफुलाको ३० वर्षकि श्रीमती गुलनाज खातुनको करेन्टन लागेर ज्यान गएको हो ।

खातुनले आफ्नो सुत्ने कोठामा मोबाईल चार्ज गर्ने क्रममा करेन्ट लागी घाईते भए पछी प्रादेशिक अस्पताल गौर रौतहटमा ल्याइएको थियो । तर उपचारको क्रममा करिब १७:०० बजेको समयमा मृत्यु त्यसको मृत्यु भएको प्रदेशिक अस्पतालको डाक्टरले घोषणा गरेको छ् ।

मृत्क खातुन गर्भवती रहेको प्रदेशिक अस्पताल गौरले जनकारी जनाएको छ् । जिल्ला प्रहरी कार्यालय गौर रौतहटद्वारा भएको जानाकरी अनुसार बुधबार बेलुका १६:२० बजेको समयमा आफ्नै घरमा मोबाइल चार्जमा लगाउन जाँदा करेन्ट लागेर मृत्यु गएको छ । १५ वर्ष अघि मुसलिम परम्परागत विवाह भएको र उनलाई तिन वटा छोरा छोरी रहेको मृत्युको श्रीमान सफुलाले बताए ।

९ माघ, जनकपुरधाम। मधेश प्रदेश सभामा प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ को प्रस्ताव सदनमा पेश भएको छ ।

शिक्षा तथा संस्कृति मन्त्री रानीकुमारी शर्मा तिवारीले सदनमा उक्त विधेयक पेश गरेकी हुन् । 

बैठकमा पेश गरेको विधेयक छलफलको लागि प्रस्तुत गरिएको छ । विधेयकमा मधेशमा सरकारी कामकाजको भाषा नेपाली भाषाका अतिरिक्त मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजीलाई समेटिएको छ ।

विधेयकको दफा २ को उपदफा (ख) मा सरकारी कामकाजको भाषा भन्नले ‘मधेश प्रदेशको सरकारी कार्यालयहरुमा लिखित वा मौखिक रुपमा प्रयोग हुने नेपाली भाषाका अतिरिक्त मैथिली, भोजपुरी, बज्जिका, हिन्दी र अंग्रेजी सम्झनु पर्छ ’उल्लेख छ ।

 

तर, मधेशका गृह तथा सञ्‍चारमन्त्री राजकुमारी लेखीले थारू भाषालाई लत्याएर विधेयक ल्याएको बताएका छन् । उनले अनलाइनखबरसँग भने, ‘ मैले मन्त्रिपरिषद्‌को बैठकमा पटक-पटक रातो कलमले घेरा गरेर थारू भाषा राख्‍ने आग्रह गरे। तर संस्कृति मन्त्री ज्‍यूले नदेखेझै गरेर थारू भाषालाई झिकेर विधेयक पेश गरिदिनुभयो।’

सरकारी कामकाजको भाषाबारेको विधेयकमा अब संशोधन दर्ता गर्ने उनको भनाइ छ । ‘मधेशका सप्तरी, सिरहा, महोत्तरी, बारा र पर्सामा थारू भाषा बोल्‍ने अधिकांश ठाउँमा कसरी मैथली र भोजपुरी लागू हुन सक्छ ? यो त थारू भाषीमाथिको अन्याय हो। हामी थारू भाषा सरकारी कामकाजको भाषा बनाइयोस भनेर संशोधन दर्ता गर्छौं।’

 

०९ पुस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई सांसदबाट गरिएको निलम्बनविरुद्ध कानूनी उपचार खोज्ने भएको छ । राजनीतिक पूर्वाग्रह प्रेरित भएर कानून विपरित निलम्बन गरिएको भन्दै रास्वपाले अदालत जाने तयारी गरेको हो ।

सभापति लामिछानेविरुद्ध अदालतमा मुद्दा दायर भएसँगै कास्की प्रहरीले संसद सचिवालयलाई पत्र पठाएको थियो । सोही पत्रमा टेकेर सभामुखले मुद्दाको फैसला नआउँदासम्म रविलाई निलम्बन गरेका छन् । रास्वपाले यसमा आपत्ति जनाएको छ । 

हिजै रास्वपाका तीन सांसदहरुले सभामुख देवराज घिमिरेलाई भेटेर तत्काल निलम्बन नगर्न आग्रह गरेका थिए । पार्टीका प्रमुख सचेतक सन्तोष परियार र सांसदद्वय सोभिता गौतम र गणेश पराजुलीले सभामुखलाई भेटेर छलफल गरेका हुन् । उनीहरुले संसद नियमावलीको प्रावधान देखाउँदै पुर्पक्षको सुनवाइभन्दा अगाडि नै निलम्बन गर्न नमिल्ने तर्क गरेका थिए । सभामुखले भने आफूले कानूनसम्मत निर्णय लिने आश्वासन दिए । तर बेलुका निलम्बनको सूचना आएको थियो ।

पार्टीका एक शीर्ष नेताले भने, ‘यो निर्णय हामीलाई मान्य छैन । संसद नियमावली अनुसार यदि अदालतले पुर्पक्षका लागि थुनामा पठाएको खण्डमा मात्रै निलम्बन गर्न मिल्छ । सभामुखको राजनीतिक पूर्वाग्रहयुक्त गैरकानूनी निर्णयविरुद्ध अदालत जाने तयारी गरिरहेका छौं ।’

रविको निलम्बनसँगै रास्वपा संसदीय दलको नेता पद पनि खाली भएको छ । तर, पार्टीले तत्काल संसदीय दलको नेता अर्को छनोट नगर्ने ती नेताले बताए ।

‘हामीले रविको निलम्बन स्वीकारेका छैनौं । यसको कानूनी निरोपण नभएसम्म अर्को संसदीय दलको नेता खोज्दैनौं,’ उनले भने ।

विश्व बजारमा सुन महंगिएर प्रति अउन्स २ हजार ३३० डलरकाे उचाइमा पुगेकाे छ । नेपालमा पनि सुन ताेलाकै एक लाख ३६ हजार २०० रूपैयाँकाे रेकर्डस्तरमा पुग्नु औसत मानिसकाे क्षमताभन्दा बाहिर हाे । तर सुनकाे भाउ छाेइ नसक्नु भएकाे समयमा विश्वकाे कुनै कुनामा सुनकाे जलप लगाएकाे हाेटल छ भन्ने सुन्दा अचम्म लाग्न सक्छ ।

तर यहिँ मूल्यवान सुनकाे गरगहना खरिद गर्नु र लाउनु नै अहिले चासाेकाे विषय बनिरहँदा भियतनाममा सुनकाे जलप जडित महल संचालन गरिएकाे छ।

संसारमा धेरै भवनहरू डिजाइनका कारण नै चर्चित छन्। यस्ता भवनहरूकाे अनौठो डिजाइन र आधुनिक सुविधाहरू यस्तो छन् कि देखेपछि मानिसहरू छक्क पर्छन् । यस्तै एउटा भवन भियतनामको राजधानी हनोइमा बनाइएको हाे । वास्तवमा यो भवन एक होटेल हो र यो सुनले बनेको विश्वकै पहिलो पाँच तारे होटल हो।

यस हाेटलमा भित्तादेखि ट्वाइलेटका सिटसम्म २४ क्यारेट सुनले बनेको छ । विश्वमा याे एक मात्र यस्ताे होटल हाे जुन सुनले मात्र बनाइएको छ ।

यद्यपि, यो होटल पूर्णतया ठोस सुनले बनेको हाेइन। तर यस होटलको पर्खालदेखि टाईलसम्म सबै गाेल्ड प्लेटेड रहेकाे छ। यसबाहेक यहाँका भाँडाकुँडा र शौचालयका सिट समेत सबै सुनकाे जलप जलाइएकाे छ। यसको अर्थ यो होटल पूरै गाेल्ड प्लेटेड हाे।

के के छन् सुविधा?

यो भियतनामस्थित हनाेइकाे ५ तारे होटल हो र यसको नाम ‘द डाेल्से हनोई गोल्डेन लेक’ हो। २५ तले बनेको यो होटलमा ३४२ कोठाहरू छन्। यस होटलको भित्ता र भुइँका टाइलहरू सुनले लेपिएकाे छ। यहाँ कार्यरत कर्मचारीको ड्रेस कोड रातो रहेकाे छ।

हाेटलमा गाेल्ड प्लेटेड इन्फिनिटी पुल, सुनकाे लबी र सुनकाै टाइल्स रहेकाे छ । यति मात्र नभइ यस हाेटलमा गाेल्ड प्लेटेड लिफ्ट पनि रहेकाे छ ।

यस हाेटलकाे बाथरूमा पनि सबै कुरा सुन जडित छ । यस बाथरूममा गाेल्ड प्लेटेड बाथ टब, सिंक्स, टाेइलेट रहेकाे छ । यसबाहेक हाेटलका फर्निचर र अप्लायन्स पनि सुनले नै बनाइएकाे हाे।

याे हाेटल बनाउन करिब ११ वर्ष समय लागेकेा थियाे । सन् २००९ देखि यो होटल निर्माण गर्न सुरू गरिएकाे थियाे भने २०२० काे जुलाइमा याे हाेटलकाे औपचारिक सुरूवात गरिएकाे थियाे ।

होटल शुल्क प्रति रात ३२ हजारदेखि साढे ७ लाखमाथि

यस होटलमा एक रात बस्नको लागि शुरुवाती भाडा करिब ३२ हजार रूपैयाँ छ ।  यस होटलको कोठामा एक रात बस्नको लागि डबल बेडरूम सुइटको शुल्क झण्डै एक लाख २५ हजार रुपैयाँ छ भने सुइटको मूल्य ७ लाख ७६ हजार रुपैयाँ बराबर छ । यो होटलमा सबै सुविधाहरु छ। यसमा गेमिङ क्लब, स्विमिङ पुल, क्यासिनो र पोकर गेम जस्ता सबै सुविधाहरू छन्।

याे गोल्ड प्लेटेड होटेलमा बस्न नसक्ने व्यक्तिले गोल्डकपमा कफी पिएर आनन्द लिन सक्छन् । यस बाहेक सुनको बाथटबमा बसेर उनीहरू नुहाउन पनि सक्छन् । तर यसका लागि छुट्टै पैसा तिर्नुपर्नेछ।

काे हुन् यस हाेटलका मालिक ?

यो होटल बिन समूहका अध्यक्ष गुएन हुउ डुओङको स्वामित्वमा रहेकाे छ।डुओङ होआ बिन समूह एक शीर्ष पर्यटन र कार्यक्रम प्रदायकहरू मध्येकाे एक हाे । यसका केही लाेकप्रिय होटलहरूमा सोमरसेट होआ बिन, डोल्से हनोई गोल्डेन लेक र दानङ गोल्डेन बे समावेश छन्।

डुओङका अनुसार यस होटलमा प्रवेशद्वारदेखि छतसम्मका धेरै वस्तु या त सुनको बनेका छन् वा सुनको लेप लगाइएको छ ।

करिब १०० मिलियन डलरको लागतमा बनेको यस होटलको करिडोर र कोठादेखि लिएर कटलरी र ट्वाइलेट सिटसम्म सबै कुरामा सुनको जलप छ। यो आफैंमा विश्वको पहिलो स्वघोषित सुनको प्लेटेड होटल हो।

काेराेनाले थलिएकाे थियाे हाेटल

कोरोना भाइरसका कारण विश्वभरको पर्यटन उद्योग नराम्ररी प्रभावित भएपछि भियतनाम पनि यसबाट अछुतो रहेन । महामारी विरुद्ध भियतनामको रणनीतिको अत्यधिक प्रशंसा गरिएको थियाे।कोरोना महामारीका कारण विगतका वर्षमा यो होटेलले खासै आम्दानी गर्न सकेन ।

तर पनि सन् २०२१ मा यो होटेलबाट आम्दानी हुने अपेक्षा होटल सञ्चालकले गरेका थिए । यो होटल ‘डोल्से हनोई गोल्डेन लेक’ का मालिकहरूले अर्को वर्ष पैसा कमाउने आशा गरेका थिए।

लिलामीमा राखियाे गाेल्ड प्लेटेड हाेटल

तर मार्च २०२३ मा हनोई गोल्डेन लेक हाेटल बिक्रीमा राखियाे । याे हाेटल लिलामीमा राखिएकाे संचारमाध्यमले लेखेका थिए। हाेटलकाे सुरूवाती मूल्य २५० मिलियन डलरमा राखिएकाे थियाे। लिलामी मार्चको लागि तय गरिएको थियाे। कम्पनीकाे कर्मचारी क्षतिपूर्ति दिने चाहना र ब्याजको लागि कोषको कमीका कारण सम्पत्ति बेच्न खाेजेकाे हाेटलका संचालक डुओङले बताएका थिए ।

साे समयमा करिब १० इच्छुक लगानीकर्ताले मूल्यको लागि वार्ता गरिरहेकाे संचारमाध्यमले उल्लेख गरेका थिए । २५० मिलियन अमेरिकी डलरकाे प्रस्ताव गर्दै डुओङले होटलको आकर्षक व्यावसायिक मूल्यका लागि मूल्य बढी हुने अपेक्षा गरेकाे बताइएकाे थियाे।

यद्धपी अचानक डुओङले उक्त लिलामी रद्ध गरेकाे खबर पनि पछि बाहिरिएकाे थियाे ।

डुओङकाे होआ बिन समूहको हाल हनोईमा करिब ९,००० वर्ग मिटर जमिन छ र सामाजिक आवास परियोजना निर्माण गर्ने योजना छ । तर लगभग एक वर्षको प्रतिक्षा पछि पनि परियोजना स्वीकृत भएको छैन जसले कम्पनीको अवस्थालाई थप जटिल बनाएकाे हाे।

एजेन्सीकाे सहयाेगमा ।

काठमाडौँ । नमस्ते पे ले नयाँ वर्षको उपलक्ष्यमा हरेक उडान टिकट खरिद तथा इन्टरनेटको बिल भुक्तानीमा आफ्ना प्रयोगकर्ताहरूका लागि नगद फिर्ता दिने विशेष अफर सुरु गरेको छ । यो अफर २६ चैत्र, २०८० देखि ५ वैशाख, २०८१ सम्म उपलब्ध हुनेछ ।

नमस्ते पे मार्फत हवाई टिकट खरिद गर्ने ग्राहकहरूले प्रत्येक टिकटमा तत्कालै रु १५० को क्यासब्याक प्राप्त गर्नेछन् । ग्राहकले जति धेरै टिकट खरिद गरे, उति नै बढी क्यासब्याक प्राप्त गर्नेछन् । त्यसैगरी नमस्ते पे मार्फत इन्टरनेटको बिल भुक्तानी गर्ने प्रयोगकर्ताहरूले ५ प्रतिशत अथवा रु १०० सम्मको क्यासब्याक प्राप्त गर्ने जनाइएको छ । यस अफर अन्तर्गत नमस्ते पे प्रयोगकर्ताहरूले उडान टिकट र इन्टरनेट बिल भुक्तानीमा क्यासब्याकको लागि योग्य हुन प्रोमोकोड प्रयोग गर्नु नपर्ने कम्पनीले जनाएको छ ।

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने उद्देश्यले नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडद्वारा शुरु गरिएको डिजिटल भुक्तानी सेवा हो। आधुनिक प्रविधिको प्रयोग मार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेटको उद्देश्य रहेको जनाइएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।