२०८३ भाद्र २२ सोमबार
२०८३ भाद्र २२ सोमबार

सुवाश मंडल
सर्लाही ।। सर्लाहीको सीमावर्ती क्षेत्रबाट भारत तर्फ तस्करी हुन लागेका खरबुजाको विउ सहित पाँच वटा सवारी साधनलाई सशस्त्र प्रहरीले बुधवार राति नियन्त्रणमा लिएका छन् ।
रौतहटको राजदेवी नगरपालिकाको वडा नम्वर ६ र ७ बागमती नदी पारी तथा सर्लाहीको बलरा नगरपालिका २ क्षेत्रमा पर्ने हथियौल बाँध नजिक महनपुर सीमा क्षेत्रबाट अवैध रूपमा भारततर्फ निकासी गर्न भारतीय सवारी साधनमा लोड भईरहेको अवस्थामा खरबुजाको विउलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका हुन् ।

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म मुख्यालय सिमरा, सीमा सुरक्षा गुल्म मुख्यालय मलंगवा तथा नम्बर १० गण मुख्यालय सर्लाहीबाट खटिएको ८० सदस्यीय सशस्त्र प्रहरीको संयुक्त टोलीले बुधवार राति करिब १० बजेको उक्त कारबाही गरेको सशस्त्र प्रहरी बल नम्वर १० गणले जनाए ।
सशस्त्र प्रहरी नायव उपरीक्षक विष्णुदत्त अवस्थी, सशस्त्र प्रहरी नायव उपरीक्षक विष्णु अधिकारी तथा सशस्त्र प्रहरी निरीक्षक कृष्ण गुरुङको नेतृत्वमा खटिएको टोलीले नेपालबाट भारततर्फ लैजाँदै गरिएको २०० बोरा खरबुजाको बिउ नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका एसपी अमरबहादुर खत्रीले बताए ।
तस्करीमा प्रयोग गरिएका चारवटा भारतीय नम्बर प्लेटका बोलेरो र एउटा नेपाली नम्बर प्लेटको मिनी ट्रक सशस्त्र प्रहरीको टोलीलाई आइरहेको देखेपछि चालक तथा संलग्न अन्य व्यक्तिहरू सवारीसाधन छाडेर फरार भएका थिए ।

बरामद गरिएको खरबुजाको बिउ तथा पाँचवटै सवारीसाधनको अनुमानित मूल्य करिब एक करोड मुल्याँकन गरेर मलंगवा भन्सार कार्यालयमा बुझाएको एसपी खत्रीले जानकारी दिए ।
स्मरणीय छ, सीमापारी भारत तर्फ पठाउनका लागि भारतीय नम्वर प्लेटको पिकअप बोलेरोमा लोड गरिरहेको अवस्थामा सशस्त्र प्रहरीले उक्त स्थानमा पुगेर नियन्त्रणमा लिएको श्रोतले बतायो । घत लाग्दो के छ भने जिल्लामा सबैकुराको सेटिंग मिलेपनि हाले छिन्नमस्ता बाहिनीको कमाण्ड सम्हालेका डिआइजीको निर्देशनमा उक्त खरबुजाको विऊलाई नियन्त्रणमा लिएको ति श्रोतले बतायो ।

सुवाश मंडल
बलरा, सर्लाही ।। सर्लाहीको बलरा नगरपालिका वडा नं. ७ डुमरियामा किसानहरूलाई व्यावसायिक कृषिमा प्रोत्साहन गर्ने उद्देश्यका साथ ५० प्रतिशत अनुदानमा कृषि मोटर वितरण गरिएको छ। आर्थिक वर्ष २०८२/०८३ को वडा स्तरीय योजना अन्तर्गत “एक किसान परिवार, एक कृषि मोटर वितरण कार्य”नामक कार्यक्रम मार्फत ३५ जना कृषकहरूलाई सामग्री हस्तान्तरण गरिएको हो।

वडा अध्यक्ष प्रवीण कुमार सिंहको अध्यक्षता तथा बलरा नगरपालिकाकी कार्यवाहक नगर प्रमुख कौशिला देवीको प्रमुख आतिथ्यमा बुधबार एक विशेष कार्यक्रमका बीच उक्त सामग्रीहरू वितरण गरिएको हो । आधुनिक कृषि उपकरणले सहयोग पुग्ने विश्वासले वितरण कार्यक्रममा किसानहरूलाई सिँचाइमा सहजता थपोस् भन्ने उद्देश्यले उच्च गुणस्तरको किलोस्कर २ एचपी (2HP) को कृषि मोटर, साथमा आवश्यक नेपुल र बैण्ड समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघराज पन्त तथा स्वास्थ्य शाखा प्रमुख कौशलेन्द्र मिश्रको विशेष उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता गरिरहेका वडा अध्यक्ष सिंहले आफ्नो मन्तव्य राख्दै भने “हाम्रो मुख्य उद्देश्य नै ‘एक किसान परिवार, एक कृषि मोटर’ पुर्‍याउने हो । यसले डुमरियाका किसान दाजुभाइहरूको श्रम र समय बचत गर्नेछ। म सम्पूर्ण कृषकहरूको उज्ज्वल भविष्यको कामना गर्दछु र आगामी दिनमा पनि कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।”
कृषि मोटर पाएपछि स्थानीय किसानहरू निकै हर्षित भएका छन् र यसले गाउँमा सिँचाइको समस्यालाई धेरै हदसम्म कम गर्ने विश्वास व्यक्त गरेका छन् ।

सुवाश मंडल
रौतहट ।। रौतहट जिल्लाको परोहा नगरपालिकाको दशौँ ऐतिहासिक नगर अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। “सभ्य र समृद्ध परोहा : हाम्रो परोहा राम्रो परोहा” भन्ने मूल नाराका साथ आयोजित उक्त विशेष समारोहमा नगरपालिकाका नगरप्रमुख शेख वकिल, उपप्रमुख सुग्नधी गिरि , प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद शर्मा,नेपाली काङ्ग्रेसको नेता रामचन्द्र गिरी, नगरसभा सदस्यहरू, स्थानीय भद्रभलाद्मी, नेपाल पत्रकार महासंघ रौतहटको अध्यक्ष संजय कार्की लगायत विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सुरक्षाकर्मीहरूको व्यापक उपस्थिति रहेको थियो ।

नगर अधिवेशनमा नगरप्रमुख वकिलद्वारा आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा अनुमानित बजेट प्रस्तुत गरिएको छ। नगरप्रमुख वकिलले ऐतिहासिक नगरसभामा सहभागी सम्पूर्ण नगरबासी, जनप्रतिनिधि तथा कर्मचारीहरूलाई हार्दिक स्वागत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र नगरको समृद्धिका लागि यो अधिवेशन कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो । परोहा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल रू. ४९ करोड ६८ लाख ९७ हजार ४ सय ४४ को अनुमानित बजेट सार्वजनिक गरेको छ ।

बजेटको मुख्य स्रोत तथा वित्तीय हस्तान्तरणको विवरण निम्न बमोजिम रहेको छ:
१. नेपाल सरकार (संघीय) बाट प्राप्त हुने अनुमानित अनुदान:
संघीय वित्तीय समानीकरण अनुदान:रू. ११ करोड १८ लाख
संघीय सशर्त अनुदान पूँजीगत: रू. ५६ लाख
संघीय विशेष अनुदान: रू. ८९ लाख
संघीय समपूरक अनुदान:रू. १ करोड ७५ लाख
संघीय राजस्व बाँडफाँड: रू. ११ करोड ७ लाख ६७ हजार
सशर्त अनुदान चालू: रू. २० करोड ९५ लाख
२. प्रदेश सरकार (मधेश प्रदेश) बाट प्राप्त हुने अनुमानित अनुदान:
समानीकरण अनुदान:रू. ७६ लाख ५४ हजार
सशर्त अनुदान पूँजीगत:रू. ६० लाख
विशेष अनुदान चालू:रू. ३० लाख
समपूरक अनुदान पूँजीगत:रू. ३० लाख
३. आन्तरिक आय (अनुमानित):

परोहा नगरपालिकाले आगामी वर्ष आफ्नो आन्तरिक स्रोतबाट रू. १ करोड ३१ लाख ७६ हजार ४ सय ४४ संकलन गर्ने लक्ष्य लिएको छ।
यस ऐतिहासिक नगर अधिवेशनले पारित गरेको नीति, कार्यक्रम तथा बजेटले परोहा नगरपालिकाको शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा स्थानीय नगरबासीहरूले गरेका छन्। अधिवेशन निकै उत्साहपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।

सुवाश मंडल
रामनगर,सर्लाही ।। बिधालयबाट घर फर्किँदै गरेकी १५ वर्षीया एक सम्भावित नाबालिकालाई जबर्जस्ती रोकेर मोटरसाइकलमा हाली अपहरण तथा जबरजस्ती करणीको प्रयास गर्ने दुई जना युवालाई सर्लाही प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरूमा रामनगर गाउँपालिका वडा नम्बर ३ बस्ने रामप्रवेश सिंहका २४ वर्षीय छोरा आकाश सिंह र सोही गाउँपालिका वडा नम्बर १ बस्ने सोन्फी रामका २० वर्षीय छोरा दीपक राम रहेका छन् ।

प्रहरी र स्थानीय स्रोतका अनुसार रामनगर गाउँपालिका वडा नम्बर ३ मा रहेको तपस्वी जगदेव माध्यमिक विद्यालय**मा अध्ययनरत ती बालिका साउन/असारको नियमित पठनपाठन सकेर घर फर्किरहेकी थिइन्। सोही क्रममा स्थानीय शतचण्डी चौकमा मोटरसाइकलमा आएका ती दुई युवकले बालिकाको बाटो छेकेर जबरजस्ती नियन्त्रणमा लिने र मोटरसाइकलमा चढाउने प्रयास गरेका थिए । बालिकाले प्रतिकार गरेपछि र स्थानीयस्तरमा हल्लाखल्ला हुन थालेपछि घटनाबारे तत्कालै प्रहरीलाई खबर गरिएको थियो। कानुनी कारबाहीको प्रक्रिया घटना लगत्तै सक्रिय भएको इलाका प्रहरी कार्यालय, गडहिया डुमरिया**को टोलीले दुवै आरोपीलाई घटनास्थल आसपासबाटै नियन्त्रणमा लिन सफल भएको हो ।

इलाका प्रहरी कार्यालय गडहिया डुमरियाका अनुसार पक्राउ परेका दुवै युवकलाई हिरासतमा राखी प्रारम्भिक सोधपुछ गरिएको छ। घटनाको गम्भीरतालाई हेर्दै थप कानुनी अनुसन्धान र म्याद थप प्रक्रियाका लागि उनीहरूलाई **जिल्ला प्रहरी कार्यालय, सर्लाही (मलङ्गवा)** पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले पीडित बालिकाको बयान र घटनाको प्रकृति अनुसार जबरजस्ती करणी उद्योग तथा अपहरण वा बालबालिका विरुद्धको कसुर अन्तर्गत मुद्दा दर्ता गरी कारबाही अगाडि बढाउने बुझिएको छ ।

सुवाश मंडल
बारा । इलाका प्रहरी कार्यालय अमलेखगञ्ज बाराबाट प्रहरी बरिष्ठ नायब निरीक्षक प्रकाश कुमार खत्रीको कमाण्डमा खटिएको प्रहरी टोलीले ४ किलो ६ सय ग्राम लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार जिल्ला बारा जीतपुरसिमरा उपमहानगरपालिका–२२ स्थित झोलुङ्गे पुल क्षेत्रमा चकरीबाट अमलेखगञ्जतर्फ आउँदै गरेको ना २ ह ११६० नम्बरको अटोलाई शंकाको आधारमा रोकी चेकजाँच गरिएको थियो।
चेकजाँचका क्रममा एक यात्रुले बोकेको टाटेपाटे खैरो रङको झोला खानतलासी गर्दा झोलाभित्र कालो प्लास्टिकले बेरिएका दुई वटा पोका फेला परेका थिए। उक्त पोका खोली हेर्दा जम्मा ४ किलो ६ सय ग्राम लागूऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा जीतपुरसिमरा उपमहानगरपालिका–२२ चकरी निवासी ३० वर्षीय नाईस बाबु तामाङलाई नियन्त्रणमा लिइएको छ। प्रहरीले गाँजा, अटो तथा पक्राउ परेका व्यक्तिलाई नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

रामविश्वास मुखिया
रौतहट ।। माध्यमिक शिक्षा परीक्षा २०८२ काे नतिजामा श्री माध्यमिक विद्यालय ब्रह्मपुरी, राजदेवी नगरपालिकामै अब्बल देखिएकाे छ । राष्ट्रिय परीक्षा बाेर्डले हिजाे साेमबार सार्वजनिक गरेकाे नतिजामा मा वि ब्रह्मपुरी पालिकामै अब्बल स्थान हासिल गरेकाे हाे ।
गत चैत १९ गतेबाट सञ्चालित भई २६ गतेसम्म चलेकाे परीक्षामा यस विद्यालयबाट २९ जना सहभागी भएकाेमा २३ जना राम्रो GPA काे साथ उत्तीर्ण भएकाे विद्यालयकाे प्रधानाध्यापक दिपेन्द्र प्रसाद श्रीवास्तवले जानकारी दिनुभयाे ।
विद्यालयकी अंशिका साह, विद्या सिंह, प्रिती दास र आयुशी चाैहान गरी ४ जना A+ अर्थात सर्वाेत्तम नतिजासहित ७९.३८% विद्यार्थी उत्तीर्ण भएकाे वहाँले बताउनु भयाे ।
राजदेवी नगरपालिकामा सञ्चालित ६ वटा माध्यमिक विद्यालयमध्ये मा वि ब्रह्मपुरी ७९.३८ % नतिजासहित पहिलाे स्थानमा रहन सफल भएकाे हाे । आर्थिक स्रोत शून्य रहेकाे अवस्था तथा पर्याप्त स्रोतसाधनकाे अभावका बाबजुद पनि विद्यालयकाे प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीकाे सक्रियताले नतिजामा व्यापक सुधार भएकाे विद्यालयकाे शिक्षक ब्रदी नारायण साहले बताउनु भयाे ।
पाेहाेरकाे SEE काे नतिजामा कमजाेर देखिएकाे मा वि ब्रह्मपुरी वर्ष भरीकाे प्रधानाध्यापककाे कुसल नेतृत्व, शिक्षककाे सकृयता र विद्यार्थीकाे मिहिनेत तथा लगनशीलता एवम् कक्षा १० का विद्यार्थीलाई गराइएको नि:शुलक अतिरिक्त तयारी कक्षाले नतिजामा व्यापक सुधार गरी पालिकामै उत्कृष्ट भएकाे समेत शिक्षक साहले बताउनु भयाे ।

टेकनाथ खतिवडा✍️
नेपालकाे राजनीतिक इतिहासमा २०८२ चैत १३ गतेकाे दिनले विशेष महत्व राख्दछ । पहिलाेपटक मधेसी मूलका नेपाली नागरिक बालेन साह कार्यकारी प्रमुख(प्रधानमन्त्री) बन्नु केवल एउटा आकस्मिक राजनीतिक घटना हाेइन । बरु दशकौँदेखि सञ्चित सङ्घर्ष , त्याग र चेतनाकाे परिणाम हाे । याे उपलब्धि केवल गत भदौ २३ र २४ मा देखिएकाे”जेन्जी विद्राेह”काे मात्र फल हाेइन । यसले मधेसकाे लामाे ऐतिहासिक आन्दाेलन र पहिचानकाे लडाईंलाई प्रतिनिधित्व गर्दछ ।

मधेसकाे राजनीतिक चेतना कुनै एकै दिनमा विकसित भएकाे हाेइन । यसकाे बिजाराेपण पुराना आन्दाेलन र नेताहरुकाे याेगदानबाट भएकाे हाे । दुर्गानन्द झाजस्ता व्यक्तिहरुले मधेसीअस्मिता र अधिकारकाे आवाज उठाए । त्यसै गरी रामराजाप्रसाद सिँहले गणतन्त्र र समावेशीताका लागि आफ्नाे जीवन नै समर्पण गरे । यिनै सङ्घर्षहरुले मधेसमा राजनीतिक चेतनाकाे जग बसाल्याे ।

यसै क्रममा ५१ सालदेखि माओवादी जनविद्रोहले पनि राज्यसंरचनामाथि प्रश्न उठायाे र समावेशीताकाे मुद्धालाई राष्ट्रिय बहसकाे केन्द्रमा ल्यायाे । यसकाे नेतृत्व प्रचण्ड र बाबुरामले गरेका थिए । यस नेतृत्वले मधेसलगायतका विभिन्न जातिजनजातिका हक र अधिकारलाई सुनिश्चित गर्ने वातावरण तयार गर्याे ।

त्यसपछि मधेसकाे आन्दाेलनलाई संगठित र सशक्त बनाउने काम उपेन्द्र यादव(सप्तरी)काे नेतृत्वमा भएकाे मधेस विद्राेहले गर्याे । यसलाई निर्णायक माेडमा पुर्‍याउन महन्त ठाकुर(धनुषा) रामेश्वरप्रसाद यादव(रौतहट) आदिकाे उल्लेखनीय याेगदान रहेकाे छ । मधेस आन्दाेलनले मधेसकाे पहिचान , समान अधिका र र राज्यसत्तामा सहभागिताकाे मागलाई स्पष्ट रुपमा अघि बढायाे । यस क्रममा रमेश महताे(लाहान) लगायतका कयौँ युवाहरुले साहदत प्राप्त गरे । उपेन्द्र यादव उप तथा परराष्ट्रमन्त्री भएकाबेला संयुक्त राष्ट्र सङ्घकाे कार्यक्रममा मधेसकाे आवाजलाई सशक्त उठान गरे ।

यति सङ्घर्षका बाबजुद पनि मुख्य ठुला दलहरु(नेपाली काङ्ग्रेस र एमाले) ले मधेसलाई ७ सालदेखि नै भाेट बैंकको रुपमा प्रयाेग गरे । उनीहरुले मधेसबाट समर्थन लिए । तर नेतृत्व दिने सबालमा पछि हटे । यस्ता अन्य सयौं बेथितिहरु विकास भयाे । यही पृष्ठभूमिमा नयाँ पुस्ताकाे चेतना र परिवर्तनकाे चाहनाले”जेन्जी विद्राेह” काे उदय भयाे । याे विद्राेहले पुराना राजनीतिक संरचनालाई चुनौती दिँदै नयाँ नेतृत्वकाे आवश्यकता ओँल्यायाे । यसै लहरमा उभिएका काठमाडौका मेयर बालेनले राष्ट्रिय नेतृत्व प्राप्त गरे ।

बालेनकाे उदयले देखाएको छ कि अब नेपालमा नेतृत्व कुनै एक क्षेत्र वा वर्गकाे मात्र हुने छैन । याे सम्पूर्ण नेपाली जनताकाे साझा अधिकर हाे । मधेसले लामाे समयदेखि गरेकाे सङ्घर्षकाे फलस्वरूप आज त्याे समुदायले राष्ट्रकाे सर्वाेच्च कार्यकारी नेतृत्व सम्हाल्ने अवसर पाएकाे छ । याे दिन आउनमा माथि उल्लेखित शक्तिलगायत रास्वपाका सभापति रवि लामिछानेकाे त्याग र कुशल नेतृत्व महत्वपूर्ण छ ।

अत : बालेन साह प्रधानमन्त्री बन्नु केवल उनकाे व्यक्तिगत सफलता हाेइन । याे सिङ्गो देशकाे ऐतिहासिक जित हाे । याे घटनाले नेपालमा समावेशी लाेकतन्त्रकाे नयाँ अध्याय सुरु गरेकाे छ । अब चुनौती भनेकाे यस उपलब्धिलाई संस्थागत गर्दै सबै समुदायलाई समान अवसर र सम्मान दिने दिशामा अघि बढ्नु हाे ।

चन्दन पटेल
रौतहट ।। रौतहट जिल्ला कुखुरा व्यवसायी किसान संघ रौतहटको प्रथम साधारण सभाबाट नया कार्यसमिती चयन गरिएको छ । रौतहट जिल्लाको दुर्गाभागावती गाउपालिका वडा नम्बर १ पिपराका सामुदायिक भावनामा आयोजना गरिएको साधारण सभाको खुल्ला सत्रबाट प्रस्ताव गरीएका कार्यसमितिलाई बन्द सत्र मार्फत सर्वसहमती बाट पारीत गरिएको जनाईएको छ ।

कार्यक्रममा संघका अध्यक्ष उमाशंकर साहले अध्यक्षता गरेका थिए भने प्रमुख अतिथिका रुपमा पशु सेवा विज्ञ केन्द्रका प्रमुख इन्दु राय , विशिष्ट अतिथिमा जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि , संघका पदाधिकारी, सदस्य तथा विभिन्न सरोकारवाला व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सभामा कुखुरा व्यवसायको वर्तमान अवस्था, किसानहरूले भोगिरहेका समस्या तथा सम्भावित समाधानका उपायहरूबारे छलफल गरिएको थियो ।

सभालाई सम्बोधन गर्दै संघका अध्यक्षले कुखुरा पालन व्यवसायलाई व्यवस्थित र दिगो बनाउन आवश्यक पहल गर्नुपर्नेमा जोड दिए। साथै, किसानहरूको हकहित संरक्षण, बजार व्यवस्थापन र उत्पादन वृद्धि सम्बन्धी विषयहरूमा समेत छलफल भएको संघका सचिव राधेश्याम साहले बताएका छन् । साधारण सभाले आगामी कार्ययोजना तय गर्दै संघलाई थप सक्रिय बनाउने निर्णय समेत गरेको छ ।

संघको साधारणसभाबाट सर्वसहमत रुपमा चयन भएका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुमा उमाशंकर साह- अध्यक्ष रणजित राम -उपाध्यक्ष राधेश्याम साह -सचिव ,महेश कुशवाह -उपाध्यक्ष नैना सिंह ,कोषाध्यक्ष सहित ११ सदस्यीय कार्यसमिति चयन गरीको सचिव साहले बताएका छन्। यस्तै सदस्यीय सल्लहकार समिति उमाशंकर तिवारी -संयोजक विजय कुमार मिश्रा तथा शेख अकतरलाई चयन गरीको संघले जनाएको छ।

सुवाश मंडल
रौतहट, १७ चैत । रौतहट जिल्ला अदालतमा कार्यरत एक कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीबाट लिएको ५० हजार नगद रकम सहित पक्राउ गरेका छन् ।
जिल्ला अदालत गौरको विगो फाँटमा डिट्ठा पदको करारका कर्मचारी लवकुमार सिंह सेवाग्राहीबाट नगद ५० हजार रकम लिदै गरेको अवस्थामा रंगेहात अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीले पक्राउ गरेका हुन् ।
डिएसपी राजिव श्रेष्ठको कमाण्डमा खटिएका टोलीले करारका कर्मचारी सिंह सेवाग्राहीलाई अदालतको फैसला बमोजिम दा. खा. पुर्जी गरी जग्गा फुकुवा गराइदिन अनावश्यक रुपमा रकम माग गरेको र ति सेवाग्रहीले रकम दिइसकेको अवस्थामा अख्तिायरको टोलीले नियन्त्रणमा लिएको अख्तियारको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
डिट्ठा सिंह पक्राउ परेपछि स्थलगत मुचुल्का उठाउन एवं बयानको कार्य अख्तियारको टोलीले गरिरहेको गौर नगरपालिका–१ का वडाध्यक्ष लालबाबु चौधरीले तराई टप संग भने ।
रंगेहात पक्राउ परेका सिंहलाई आवश्यक कारवाही एवं अनुसन्धानको लागि हेटौडा तर्फ लगिएको छ ।
स्मरण रहोस, अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाको टोलीद्वारा अदालतको कर्मचारीलाई रंगेहात पक्राउ गरेपछि जिल्लामा भ्रष्ट कर्मचारीहरुमा खैलाबैला मचेका छन् ।

सुवाश मंडल
रौतहट ।। जनमत पार्टी जिल्ला समन्वय समिति रौतहटको हालै सम्पन्न विशेष बैठकले जिल्लाको राजनीतिक परिदृश्यमा एक महत्वपूर्ण मोड ल्याएको छ। बैठकमा उपस्थित बहुमत सदस्यहरूको निर्णय र व्यापक छलफलपश्चात बिकास कुमार यादवलाई सर्वसम्मत रूपमा जिल्ला अध्यक्ष पदमा चयन गरिएको छ । यो चयनले पार्टीभित्रको आन्तरिक लोकतन्त्र र एकतालाई मात्र बलियो बनाएको छैन, बल्कि रौतहटमा जनमत पार्टीको संगठन विस्तारमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

जनमत पार्टी केन्द्रिय सचिवालयको निर्देशनानुसार शनिबार जिल्ला पार्टी कार्यालय गौरमा जिल्ला समन्वय समितिको बैठक बसी तपसिल बमोजिम सात सदस्यीय जिल्ला पदाधिकारी समिति सर्वसहमति बाट चयन गरेको छ । अध्यक्षमा बिकास कुमार यादवलाई चयन गरेको छ भन्ने उपाध्यक्ष (म.)माति मनिषा देवी र उपाध्यक्ष (पु.) रामप्रवेश पटेल चयन भएको छ् । त्यस्तै सचिवमा प्रकाश झा,सह-सचिवमा असमा खातुन,धर्मेन्द्र महतो र कोषाध्यक्षमा राजु यादव गरि सात सदस्यीय जिल्ला पदाधिकारी समिति चयन गरेका छन् ।

कुनै पनि लोकतान्त्रिक दलका लागि सर्वसम्मतिको निर्णय शक्ति र विश्वासको प्रतीक हो। अध्यक्षमा यादवको चयनले जिल्लाभरका कार्यकर्ताहरूमा एकताबद्ध सन्देश प्रवाह गरेको छ । जिल्ला समन्वय समितिका बहुमत तथा सदस्यहरूको उपस्थिति र समर्थनले नयाँ कार्यसमितिलाई पूर्ण वैधानिकता र काम गर्ने नैतिक बल प्रदान गरेको छ । नयाँ पदाधिकारी समितिमा युवा उत्साह र अनुभवी राजनीतिकर्मीहरूको समिश्रण रहेकाले रौतहटका स्थानीय मुद्दाहरूलाई सशक्त रूपमा उठाउन सहज हुने देखिएको छ ।

नवनियुक्त अध्यक्ष विकास कुमार यादव र उनको टोलीले आगामी दिनमा निम्न क्षेत्रहरूमा ध्यान केन्द्रित गर्नुपर्ने देखिन्छ । वडा र पालिका तहसम्म पार्टीको संरचनालाई थप व्यवस्थित र सक्रिय बनाउने उदेश्यले यादवलाई अध्यक्षको जिम्मेवारी दिएको छ् । यादवको कार्यकालमा जनमत पार्टीले रौतहटमा मात्र नभई समग्र मधेस प्रदेशमै आफ्नो प्रभावकारी उपस्थिति देखाउन सफल हुने विश्वास गरिएको हो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।