जितेन्द्र कुशवाहा
बागमती सर्लाही ।। सर्लाहीको बागमती नगरपालिका-१२ कर्मैया बजार स्थित काल्साङ छ्योई खोर्लिङ गुम्बामा अशोज १२ गते देखि १५ गते सम्म बौद्ध धर्मावलम्बीहरुले ञ्युङ्ने ब्रत सुरु गरेका छन् ।
काल्साङ छ्योई खोर्लिङ गुम्बा र मणिपा आमा समूह बागमतीको संयुक्त आयोजनामा हिजो बाट सुरु भएको ञ्युङ्ने व्रत कार्यक्रममा गुरुहरुबाट ब्रतको उद्देश्य र औचित्यका बारेमा प्रवचन भएको थियो भने आज देखि लगातार तीन दिन मौन ब्रत बसिने काल्साङ छ्योई खोर्लिङ गुम्बाका अध्यक्ष पाल्देन दोर्जे लामाले जानकारी दिए । लामाले सर्लाही लगायत बिभिन्न जिल्ला काभ्रेपलान्चोक,सिन्धुपाल्चोक,रामेछाप,सिन्धुली,
मकवानपुर,रौतहट,
महोत्तरी,सिराहा,लगायतका जिल्लाहरु बाट ब्रत बस्नका लागी सयौं संख्यामा श्रद्धालु भक्तजनहरु र करिब २५ देखि ३० जनाको संख्यामा लामा गुरुहरुको बाक्लो उपस्थिति रहेको बताए ।
दशैंमा देवी देवतालाई भोग चढाउनका लागि भनेर धेरै काटमार गर्ने गरिन्छ । यी सबै जीवजन्तुहरुको मुक्तीको कामनासहित बौद्ध धर्मालम्बीहरु तीन दिनसम्म मौन ब्रत (ञ्युङने ब्रत) बस्ने प्रचलन रहेको गुम्बाका अध्यक्ष पाल्देन दोर्जे लामाले जानकारी दिए ।
मौन ब्रत बसेका बेला लामा गुरुहरुबाट प्रवचन हुने गर्दछ । जसका लागि ल्होसुम लामाहरु लामा साङडुप दोर्जे लोपेन,लामा कर्म,लामा साम्तेन राबगे,लामा सेरब दोर्जे,लामा सेरबको नेतृत्वमा प्रवचन, आयु अभिषेक तथा बौद्ध धर्मको मुख्य ग्रन्थहरुको व्याख्या गरिने कार्यक्रम रहेको गुम्बा सचिव चन्द्र बहादुर जिम्बाले जानकारी दिए ।
अहिंसा र शान्तिको प्रतिक भगवान बुद्धका अनुयायीहरुले” बिभिन्न धर्म, संस्कार, चाड पर्वमा देव देवीको नाममा लाखौं निर्दोस पशुपंछिहरुको बली चढाइएकाहरुको आत्माको शान्तीको कामना गर्दै यस ब्रत बस्ने गर्दछन्। ञ्युङने व्रत कार्यक्रम १५ गते वाङ अभिशेक संगै समापन हुनेछ।










