२०८३ जेष्ठ २१ बिहीबार
२०८३ जेष्ठ २१ बिहीबार

सुवाश मंडल
रौतहट, २० माघ ।। रौतहटको गौर–चपुर सडकखण्ड अन्तर्गत सुखदेव चोकभन्दा पछाडि आज बिहानै एक सवारी दुर्घटना भएको छ । सडक निर्माणमा संलग्न कम्पनीको लापरवाहीका कारण दुर्घटना भएको भन्दै स्थानीयवासीहरूले तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।

निर्माण कार्यका क्रममा आवश्यक सुरक्षाका मापदण्ड नअपनाइँदा तथा अधुरो सडकमा चेतावनी संकेतसमेत नराखी सवारी सञ्चालन गर्न दिइएकाले दुर्घटना भएको स्थानीयहरूको भनाइ छ । सडकको अवस्थासमेत जोखिमपूर्ण रहेकाले यात्रु तथा चालक दुवैको ज्यान जोखिममा परेको उनीहरूले बताएका छन् ।

स्थानीयका अनुसार निर्माणाधीन सडकमा खाल्डाखुल्डी, अव्यवस्थित ढल निकास र सुरक्षा संकेतको अभावका कारण सवारी चालकले समयमै सावधानी अपनाउन नसक्दा दुर्घटना हुन पुगेको हो । “काम अधुरै छ, तर सुरक्षा व्यवस्थाको कुनै ध्यान छैन। यस्तो लापरवाहीले ठूलो मानवीय क्षति हुन सक्थ्यो,” एक स्थानीयले आक्रोश व्यक्त गरे ।

दुर्घटनामा कुनै मानवीय क्षति नभएको भए पनि सवारी साधनमा उल्लेखनीय क्षति पुगेको प्रहरीले जनाएको छ ।

सडक निर्माणमा हुने यस्ता लापरवाहीले सर्वसाधारणको ज्यान जोखिममा पार्ने भन्दै स्थानीयवासीहरूले तत्काल मर्मत–सम्भार गरी सुरक्षित आवागमन सुनिश्चित गर्न र लापरवाही गर्ने निर्माण कम्पनीलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग जोडदार माग गरेका छन् ।

निर्माणाधीन सडकमा सुरक्षाका न्यूनतम मापदण्डसमेत पालना नगर्दा यस्ता दुर्घटना दोहोरिन सक्ने खतरा रहेकाले सम्बन्धित पक्षको चासो र जिम्मेवारी आवश्यक देखिएको छ ।

सुवाश मंडल
बारा ।। बाराको परवानीपुर गाउँपालिकामा भएको दुई जनाको ह#त्यामा बुहारी मनिता देवी मण्डल र उनका प्रेमी २७ वर्षीय धर्मेन्द्र महतोको संलग्नता खुलेको छ।
धर्मेन्द्र र मनिता बीच प्रेम सम्बन्ध रहेको पाइएको छ। घटना घटाउनैका लागि धर्मेन्द्र नेपाल फर्किएका थिए, जुन कुरा उनको परिवारलाई समेत थाहा थिएन।
सोमबार बिहान परवानीपुर गाउँपालिका वडा नं. १ रहरिया डिहस्थित ५० वर्षीय जगरुप मण्डलको घरमा प्रवेश गरी सुतेका परिवारमाथि अन्धाधुन्ध चक्कु प्रहार भएको थियो। जगरुपका ३१ वर्षीय छोरा राम ईश्वर मण्डल र ४६ वर्षीया श्रीमती सुमित्रा मण्डलको घटनास्थलमै ज्यान गएको थियो भने जगरुप र २१ वर्षीया छोरी रिना कुमारी मण्डल घाइते भएका थिए।
घटनापछि फरार रहेका धर्मेन्द्रलाई प्रहरीले विश्रामपुर गाउँपालिका-४ मुसहर्वा नाका हुँदै भारततर्फ भाग्न लागेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

सुवाश मंडल
रौतहट ।। राैतहटकाे राजदेवी नगरपालिका वडा नम्बर ७ स्थित श्री नेमधारी बासुदेव नमुना माध्यमिक विद्यालय मुडवलवामा आज जिल्ला स्तरीय बज्जिका कविता वाचन प्रतियोगिता सम्पन्न भएकाे छ ।
मा वि मुडवलवाकाे ६६ औँ वार्षिकोत्सबकाे अवसरमा आयाेजना गरिएकाे साे कार्यक्रम भव्यताका साथ सम्पन्न भएकाे हाे ।
विद्यालय व्यवस्थापन समितिकाे अध्यक्ष रामेश्वर राय यादवकाे सभापतित्व र पूर्व संविधानसभा सदस्य रम्भा देवीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे कार्यक्रममा जिल्ला भरीबाट २१ वटा नवसर्जक विद्यार्थीले आफ्ना रचना वाचन गरेकाे थियाे ।
जिल्ला भरीबाट ५१ वटा बज्जिका कविता प्राप्त भएकाे र पहिलाे चरणकाे छनाैटबाट छनाैट भई आएकाे २१ वटा रचनालाई आज वाचन गराइएको विद्यालयकाे प्रधानाध्यापक रवी शङ्कर यादवले जानकारी दिनु भयाे ।
विद्यालयकाे शिक्षक टेकनाथ खतिवडाले सञ्चालन गर्नु भएकाे साे प्रतियोगितामा मा वि मुडवलवा प्रथम , जनता मा वि औरैया ईशनाथ न पा ३ द्वितीय र शङ्कर गुदर मा वि समनपुर तृतीय भएकाे हाे । मा वि मुडवलवाकी नवसर्जक हर्षिता कुमारी यादव प्रथम , जनता मा वि औरैयाकी नवसर्जक करिश्मा कुमारी द्वितीय र मा वि समनपुरकी नवसर्जक इशा कुमारी दास तृतीय स्थान ल्याउन सफल भएकाे हाे । विजेता सबैलाई प्रमुख अतिथि , सभापतिले संयुक्तरूपमा पुरस्कार वितरण गर्नु भएकाे कार्यक्रममा सहभागी मा वि ब्रह्मपुरीकाे शिक्षक बद्री नारायण साहले जानकारी दिनु भयाे । कार्यक्रममा सहभागी भएकाे बाँकी सबै नवसर्जकहरूलाई सान्त्वना पुरस्कार प्रदान गरिएकाे थियाे । जिल्ला भरीका बज्जिका साहित्यका अग्रज साहित्यकार, बज्जिका भाषासँग सराेकार राख्नुहने सराेकारवालाकाे सहभागिता रहेकाे थियाे ।

सुवाश मंडल
रौतहट ।। श्री मा वि सेढवामा सर्वसहमतबाट बिधालय व्यवस्थापन समिति गठन भएको छ् । केन्द्रले टोके अनुसार देशको अधिकांश विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठनकाे लागि चुनावी प्रक्रिया माध्यम बनिरहेको अवस्थामा राैतहटकाे मा.वी.ब्रहम्पुरी पछी श्री माध्यमिक बिधालय सेढ्वामा सर्वसहमतरूपमा व्यवस्थापन समिति गठन हुन सफल भएकाे हाे ।

विद्यालयकाे सञ्चालन , रेखदेख र व्यवस्थापनमा विशुद्ध भुमिका रहेकाे व्यवस्थापन समिति गठन गरिने क्रममा धेरै विद्यालयमा चुनावी प्रक्रियाले व्यापकता पाइरहँदा राैतहटकाे राजदेवी नगरपालिका वडा नम्बर ६ मा रहेकाे श्री मा वि सेढवामा सर्वसहमतरूपमा समिति गठन भएकाे हाे । विद्यालयमा आज उपस्थित अभिभावक भेलाले सर्वसहमत समिति गठन गरेका हुन् ।

करिव २ सय ८० जना अभिभावककाे उपस्थिति रहेकाे भेलाले स्थानीय अभिभावक आशनारायण राय यादव , ललन गिरी,पुजा देवी र प्रमिला देवी गरि २ जना पुरुष र २ जना महिलालाई सर्वसहमत रूपमा चयन गरेकाे विद्यालयका प्रधानाध्यापक नरेश प्रसाद यादवले जानकारी दिनु भयाे ।
भेलालाई सम्बाेधन गर्दै राजदेवी नगरपालिकाको शिक्षा शाखा सह-संयोजक हरि प्रसाद आमैले आफ्नो मन्तव्य राख्दै बिधालय व्यवस्थापन समितिको नियम बारे जानकारी गराउदै हुने व्यवस्थापन समितिको सदस्यहरुलाई अग्रिम बधाई समेत दिएको थियो । त्यस्तै श्री रामनरेश लक्ष्मण मा वी हजमिनियाको प्रधानाध्यापक संजय कुमार यादव आफ्नो मन्तव्य राख्दै भन्ने शिक्षा कम्जोर हुनुमा शिक्षक,विद्यार्थी र अभिभावक तिनैको गलती हुन्छ तिनै जनाले आफ्नो कर्तव्य राम्रोसंग निर्वाह गर्‍यो भन्ने बोर्डिङ स्कुल भन्दा राम्रो सरकारी बिधालयको अवस्था हुन्छ ।

कार्यक्रममा , वडाअध्यक्ष विश्वनाथ साह, स्थानीय समाजसेवी रामविनय यादव , जगत राय यादव, जयमंगल राय यादव, जय नारायण राय यादव,शम्भु गिरी,संजित गिरी,शिक्षक,सुरक्षाकर्मी,पत्रकार लगायत अभिभावकहरूकाे उपस्थिति रहेकाे विद्यालय श्राेतले जानकारी दिएका हुन् ।

सुवाश मंडल
रौतहट ।। श्री माध्यमिक बिधालय सेढवामा अध्यनरत कक्षा १ देखि ५ सम्मको छात्रछात्राहरुलाई छात्रवृत्ति वितरण गरिएको छ् । रौतहटको राजदेवी नगरपालिका वार्ड नं.६ स्थित रहेको श्री माध्यमिक बिधालय सेढवामा बुधबार २३५ जना विद्यार्थीलाई वडा अध्यक्ष विश्वनाथ साहको हातबाट रु ४०० को दर ले छात्रवृत्ति वितरण गरिएको छ् ।

विद्यालयका प्रधानाध्यापक नरेश प्रसाद यादवको संयोजनमा आर्थिक वर्ष २०८१/०८२ को छात्रवृत्ति कार्यक्रम संचालन गरिएको थियो । प्रधानाध्यापक यादवको अनुसार कक्षा १ देखि ५ सम्मको अति विपन्न,सीमान्तकृत र दलित समुदायको सम्पुर्ण छात्रछात्रा र अन्य समुदायको मात्र छात्र गरि २३५ छात्रछात्रालाई छात्रवृत्ति वितरण गरिएको छ् ।

उक्त अवसरमा शिक्षा क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने,लगनशीलताका साथ काम गर्ने र सकारात्मक दृष्टि देखाउने शिक्षक,कार्यालय सहयोगी, समाजसेवी, बुद्धिजीवी, शिक्षा प्रेमी,राजनीति कर्मी लगायत दैनिक रूपमा आफ्नो छोराछोरीलाई बिधालय पठाउने अभिभावकहरुलाइ प्रधानाध्यापक यादवले धन्यवाद व्यक्त गरेको छ् ।

यो छात्रवृत्तिले विद्यार्थीहरूमा उत्साह थपेको र शिक्षाप्रतिको लगाव अझ मजबुत हुने विश्वास व्यक्त गरिएको छ।

रामविश्वास मुखिया
रौतहट ।। श्री मा वि ब्रह्मपुरीमा सर्वसहमतबाट बिधालय व्यवस्थापन समिति गठन भएको छ् । देशको अधिकांश विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठनकाे लागि चुनावी प्रक्रिया माध्यम बनिरहेको अवस्थामा राैतहटकाे एक विद्यालयमा सर्वसहमतरूपमा व्यवस्थापन समिति गठन भएकाे हाे । विद्यालयकाे सञ्चालन , रेखदेख र व्यवस्थापनमा विशुद्ध भुमिका रहेकाे व्यवस्थापन समिति गठन गरिने क्रममा धेरै विद्यालयमा चुनावी प्रक्रियाले व्यापकता पाइरहँदा राैतहटकाे राजदेवी नगरपालिका वडा नम्बर ९ मा रहेकाे श्री मा वि ब्रह्मपुरीमा सर्वसहमतरूपमा समिति गठन भएकाे हाे । विद्यालयमा आज उपस्थित अभिभावक भेलाले सर्वसहमत समिति गठन गरेका हुन् ।

करिव २ सय ५० जना अभिभावककाे उपस्थिति रहेकाे भेलाले स्थानीय अभिभावक विनाेद वर्मा, शिवसागर राउत, रिना सिंह र पुष्पा दासलाई सर्वसहमत रूपमा चयन गरेकाे विद्यालयका प्रधानाध्यापक दिपेन्द्र प्रसाद श्रीवास्तवले जानकारी दिनु भयाे ।
भेलालाई सम्बाेधन गर्दै राजदेवी नगरपालिकाकी पूर्व नगर उपप्रमुख अंशु कुमारी सिंहले अधिकांश विद्यालयमा समिति गठनमा विवाद हुनु, झपडकाे अवस्था आउनु तथा चुनावै गराउनु पर्ने अवस्था आइरहेको बेला यस विद्यालयमा भएकाे सर्वसहमत समिति चयन
आफैंमा स्वागतयोग्य, उदाहरणीय तथा नमुना कार्य रहेकाे बताउनु भयाे ।

कार्यक्रममा राजदेवी नगरपालिका काे शिक्षा संयाेजक विजय कुमार सिंह, वडाअध्यक्ष महेन्द्र दास, स्थानीय समाजसेवी नवीन कुमार सिंह, पूर्व प्रधानाध्यापक मदन सिंह लगायत अभिभावकहरूकाे उपस्थिति रहेकाे विद्यालय श्राेतले जानकारी दिएका हुन् ।

सुवाश मंडल
बलरा सर्लाही ।। सर्लाहीको बलरा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सुशिल कुमार साह पुनः एक पटक हाजिर हुनुभएको छ् । आइतबार एक विशेष कार्यक्रम बीच प्रमुख प्रशासकीय अधिकृत साह औपचारिक रूपमा हाजिर हुनु भएको छ ।

नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहाले नयाँ प्रशासकीय अधिकृतको रूपमा एक पटक पुनः स्वागत गर्दै नगरपालिकाको प्रशासनिक सेवामा नयाँ ऊर्जा, पारदर्शिता र कार्यदक्षता थपिने आशा व्यक्त गरेको छ् ।

प्रमुख प्रशासकीय अधिकृत साहले बलरामा यो भन्दा पहिला पनि पौने दुई वर्ष आफ्नो सेवा प्रवाह गरेकोले काम गर्न सहज हुने बताउनु भयो । अधिकृत साहको पहिलाको काम काज,काम प्रति इमानदारिता र पालिकाको कामलाई सहज, द्रुत,जनमुखी बनाउने तथा स्थानीय विकास, सुशासन लगायत नागरिकको समस्या समाधानमा प्राथमिकता दिएको हेर्दै नगर प्रमुख कुशवाहाले फेरि एक पटक दोस्रो कार्यकालको लागि अधिकृत साहलाई खाडा माला र टीका लगाई हाजिर गराउनु भएको छ् ।

उक्त स्वागत कार्यक्रममा नगरपालिकाको जनप्रतिनिधि , कर्मचारी, तथा स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो ।

सुवाश मंडल
रौतहट ।। राैतहटकाे राजदेवी नगरपालिका अन्तर्गत रहेकाे एक विद्यालयकाे प्रधानाध्यापकले विद्यार्थीकाे शैक्षिक प्रगतिका लागि आफ्नाे निजी लगानीमा अतिरिक्त कक्षा सञ्चालन गर्दै आइरहेका छन् । श्री माध्यमिक विद्यालय ब्रह्मपुरीकाे प्रधानाध्यापक दिपेन्द्र प्रसाद श्रीवास्तवले आफ्नाे निजी लगानीमा अतिरिक्त कक्षा सञ्चालन गर्दै आइरहनु भएकाे हाे ।
मा वि ब्रह्मपुरीकाे कक्षा १० मा अध्ययन गर्ने विद्यार्थीहरूका लागि प्रधानाध्यापक श्रीवास्तवले विगत २ शैक्षिक सत्रदेखि आफ्नाे निजी लगानीमा अतिरिक्त कक्षा सञ्चालन गर्दै आइरहनु भएकाे हाे ।
विगतमा विद्यालयकाे SEE नतिजा अलि कमजाेर आएपछि SEE काे नतिजामा सुधार ल्याउने उद्देश्यले वहाँले साे कदम चालनु भएको हाे । आफूले अतिरिक्त कक्षा सञ्चालन गर्न थालेपछि पछिल्लो शैक्षिकसत्र २०८१ काे SEE काे नतिजामा उल्लेख्य सुधार भएकाे भन्दै वहाँले साे कक्षालाई यस वर्ष पनि निरन्तरता दिन लागेकाे बताउनु भयाे। यस विद्यालय चाैतर्फी विकासमा अहाेरात्र लाग्दै आउनु भएकाे प्रधानाध्यापक श्रीवास्तवकाे यस कार्यलाई अभिभावकहरूले सराहनीय कार्य भनेका हुन् । DIPENDRA SARITA SRIVASTAV CREATIVE LEARNING काे माध्यमले वहाले साे कक्षा सञ्चालन गर्दै आइरहनु भएकाे हाे । आफु यस विद्यालयमा कार्यरत रहुञ्जेल तथा सेवा निवृत्त भए पछि पनि आफ्नै लगानीमा अतिरिक्त कक्षालाई निरन्तरता दिइरहने वहाँले वताउनु भयाे । मा वि ब्रह्मपुरीका विद्यार्थीका लागि प्रधानाध्यापक श्रीवास्तवकाे आफ्नै लगानीमा अतिरिक्त कक्षा सञ्चालन गर्नुलाई शैक्षिक प्रगतिमा वहाँकाे दिर्घ साेच र पूर्ण तत्परतालाई उजागर गरेकाे हाे ।

सुवाश मंडल
राजदेवी रौतहट ।। श्री सेढवा युवा क्लबद्वारा १२५ वटा पीडित घरपरिवारलाई राहत वितरण गरिएको छ् । रौतहटको राजदेवी नगरपालिका वार्ड नं.६ सेढवाको युवाहरूले आफ्नो ब्याक्तीगत लगानीमा सेढवाको १२५ वटा पीडित घरपरिवारलाई राहत स्वरूप खाद्यान्न सामाग्री वितरण गरिएको छ् । युवाहरुको भनाइ अनुसार बिपतको घडीमा पीडित परिवारलाई कुनै पनि जनप्रतिनिधि हेर्न समेत न आएको कारण युवाहरुले यो कदम चालेको भनिएको छ् ।

युवाहरुले पीडित परिवारको घरघरमा पुगि उचित मुल्यांकन गरि वास्तविक पीडित परिवारलाई राहत दिएको युवा सतिश यादवले जनाएको छ् । युवा यादवको अनुसार बिपतको घडीमा तत्काल राहत दिएको र पीडित परिवारलाई आगामी दिनमा पनि संबंधित निकाय सम्म पहल गरि राहत दिलाउने काम हाम्रो सेढवा युवा क्लबले गर्ने छ् ।

यस्ता यस्ता युवा क्लबहरु हरेक गाउँमा हुनुपर्छ,किनभने अहिले पीडितहरुको नाममा पनि लाखौं बराबरको घोटाला गर्ने केहि ब्याक्तीहरु छन् हाम्रो समाजमा । तर यस्तो युवाहरु एकबढ भइ इमानदारीपूर्वक काम गरेभन्ने हाम्रो समाज अगाडि बढ छ् र हाम्रो समाजबाट विपन्न र पीडितको नाममा लाखौं लुट्ने ब्याक्तीको संख्या कम हुन्छ । राहत वितरण कार्यक्रम युवा बिरेन्द्र ठाकुर,युवा रामबाबु यादव,युवा रौशन यादव,युवा सतिश यादव,युवा श्याम बाबू यादव,युवा गौतम सिंह,युवा सन्तोष यादव,युवा रजनिश पटेल,युवा मुन्जेश यादव र युक्ति अरचना रामको टोलि राहत वितरण गरेको छ् ।

सुवाश मंडल
बलरा सर्लाही ।। संकट परेको बेला मात्र स्थानीय सरकार अगाडि आएको देखिन्छ । प्रदेश र संघ सरकार निर्वाचन भएको देखि अहिलेसम्म सम्म बलरा नगरपालिका तिर एक चोटि पनि न आएको अबगतनै छ् । तर हामी मौन बसछौ एक चोटि पनि कसैले अवाज उठाएको देखिदैन । के निरीक्षण र राहत दिलाउन सहयोग गर्ने काम मात्र स्थानीय सरकारको होर ?

बिगत वर्षमा सर्लाही क्षेत्र नं.४ ( ख ) को प्रदेश सभा सदस्य फकिरा महतो ज्युलाई सम्पर्क गरेपनि विपतको घडीमा आएन र प्रतिनिधि सभा सदस्य डा.अमरेश सिंहलाई सम्पर्कमा आएको थिएन । माननीय डा.अमरेश सिंहज्युलाई भन्न् चाहन छु कि हजुर मात्र संसद भवनमा अवाज उठाउने कि क्षेत्रको जनता कुन अवस्थामा छन त्यो पनि हेर्ने हो ।

स्थानीय सरकारले सकेसम्म विगतमा पनि नगरवासीलाई सहयोग गरे र अहिले पनि सकेसम्म गरिरहेको सबैलाई ठाहै छ् । कसैको राहतमा ढिला हुन् सकिन्छ तर सकेसम्म सबैलाई सहयोग गर्छ भन्ने नगर् प्रमुख रामाशंकर प्रसाद कुशवाहा सम्पर्कमा आएर बताउनु भयो । केही ब्याक्ती गलत भएमा स्थानीय सरकार गलत हुदैन हामीलाई थाहा छ् ।

बलरा नगरपालिका भित्र जुन वास्तविक पीडितमा हुनु हुन्छ त्यस्तो ब्याक्ती नगर प्रमुख रामाशंकर कुशवाहालाई सम्पर्क गर्न सकनु हुन्छ । भएन भन्ने अवस्था कस्तो छ् हेराउनको लागि म लाई सम्पर्क गर्न सक्नुहुन्छ सकेसम्म सहयोग अवश्य मिल्ने छ् । तर प्रदेश र संघको जनप्रतिनिधिहरुलाई पनि ध्यानाकर्षण हुन् जरुरी देखिन्छ । अहिले जुन संकट आएको छ् त्यो घडीमा जुनसुकै निकाय सहयोग गरेपनि कमै हुन्छ । तर घाउमा मलहमको काम अवश्य नै हुनेछ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।