२०८३ आश्विन ४ आईतवार
२०८३ आश्विन ४ आईतवार

सुवाश मंडल
​बलरा सर्लाही ।। सर्लाहीको बलरा नगरपालिका वडा नं. ४ स्थित श्री रामसखी मोहित सिंह जनता माध्यमिक विद्यालयमा गत भदौ १५ गते घटेको घटनाका सम्बन्धमा गठित छानबिन समितिको आयोजनामा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हिजो भदौ २५ गते बिहीबार समितिकी अध्यक्ष श्रीमती कौशल्या देवीको अध्यक्षतामा सरोकारवाला पक्षहरूसँग आयोजित छलफलपछि आज भदौ २६ गते शुक्रबारदेखि विद्यालयको पठनपाठन नियमित रूपमा सञ्चालन गर्ने सर्वसम्मत निर्णय भएको छ ।

कार्यक्रममा नगरप्रमुख रामाशंकर प्रसाद कुशवाहा, छानबिन समितिका सदस्यहरू (धरिक्षण प्रसाद कुशवाहा, मुकेश साह, सितेश कुमार यादव), प्रमुख प्रशासकीय अधिकृत मेघराज पन्त, जिल्ला समन्वय समिति र शिक्षा विकास तथा समन्वय एकाइका प्रतिनिधि, विभिन्न पेशागत संघ-संस्थाका पदाधिकारी, समाजसेवी, प्रधानाध्यापकहरू, शिक्षक, अभिभावक तथा १५ जना विद्यार्थी प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । छलफलका क्रममा शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सबै पक्षका कुरा सुनिएको थियो । विद्यालयको शैक्षिक वातावरण पुन: बहाली गर्न आजैदेखि विद्यार्थीहरू अनुशासित र शिक्षकहरू मर्यादित रूपमा प्रस्तुत भई पठनपाठन थप प्रभावकारी बनाउने सहमति भएको छ ।

यसै गरी, गठित छानबिन समितिले आगामी असोज ५ गतेभित्र नगर शिक्षा समितिसमक्ष आफ्नो छानबिन प्रतिवेदन पेस गर्ने निर्णयसमेत गरेको छ ।
​नगरपालिकाले विद्यालयको शान्ति, अनुशासन र शैक्षिक वातावरण जोगाउनु सबैको साझा दायित्व भएको भन्दै यस निर्णयलाई दिगो बनाउन सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक, जनप्रतिनिधि र सरोकारवालाहरूमा सकारात्मक भूमिका र सहयोगका लागि अनुरोध गरेको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।