२०८३ श्रावण ६ बुधबार
२०८३ श्रावण ६ बुधबार

सुवाश मंडल
रौतहट ।। जबरजस्ती करणी मुद्धाका एक फरार प्रतिवादीलाई प्रहरीले रौतहटबाट पक्राउ गरेको छ । काठमाडौँको टंकेश्वरमा भएको जबरजस्ती करणीको घटनापछि लामो समयदेखि फरार रहँदै आएका रौतहट राजपुर नगरपालिका वडा नं. ८, अकोलुवाका २२ वर्षीय आफान आलम (परिवर्तित नाम ‘ड्राइभर’) लाई प्रहरीले पक्राउ गरेको हो । ​’परिवर्तित नाम ०८२/०८३ (३४) (क)’ को जाहेरीले वादी नेपाल सरकार रहेको उक्त मुद्धाका प्रतिवादी आलमलाई लुकिछिपी बसिरहेको अवस्थामा रौतहटको राजपुर नगरपालिका वडा नं. ४ बाट पक्राउ गरिएको हो ।

​प्रतिवादी आफान आलमले मिति २०८२ साल जेठ १५ गते काठमाडौँ महानगरपालिका वडा नं. १३, टंकेश्वरस्थित जाहेरवालाको डेरा कोठामा जबरजस्ती करणी गरेको अभियोग छ । उक्त वारदात पश्चात आलम काठमाडौँबाट फरार भई विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका थिए ।

प्रहरी वृत्त कालिमाटी, काठमाडौँसँगको समन्वयमा विशेष टोलीले निजको निरन्तर खोजतलास गरिरहेको थियो । सोही क्रममा प्राप्त गोप्य सूचनाका आधारमा आज मिति २०८३ साल असार २९ गते दिउँसो अन्दाजी १२:०० बजे उनलाई गृहजिल्ला रौतहटबाट फेला पारिएको हो । ​पक्राउ परेका प्रतिवादी आलमलाई आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त कालिमाटी, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।