२०८३ श्रावण ६ बुधबार
२०८३ श्रावण ६ बुधबार

सुवाश मंडल
रौतहट ।। रौतहटको गढीमाई नगरपालिकामा नदीमा डुबेर एक बालकको दुःखद मृत्यु भएको छ भने अर्का एक बालक अझै बेपत्ता भएका छन् । स्थानीय प्रशासन र प्रहरीका अनुसार गढीमाई नगरपालिका वडा नम्बर १ निवासी भन्टु यादवका छोरा युराज यादवको बागमती नदीमा डुबेर घटनास्थलमै मृत्यु भएको हो ।

समनपुर-बागमती पुल र टोकर घाट बीचको नदी क्षेत्रमा दुई जना बालकहरू अचानक डुबानमा परेका थिए। बालकहरू डुबेको थाहा पाउनासाथ स्थानीय बासिन्दा र सुरक्षाकर्मीको टोली उद्धारका लागि तत्काल घटनास्थलमा पुगेका थिए । उद्धार टोलीले खोजी गर्ने क्रममा बालक युराज यादवलाई मृत अवस्थामा फेला पारेर नदीबाट बाहिर निकालेको थियो।

दुर्घटनामा परेका अर्का बालक भने अझैसम्म फेला पर्न सकेका छैनन्। नदीको बहाव र गहिराइका कारण खोजी कार्यमा चुनौती थपिएको भए तापनि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय पौडीबाजहरूको सहयोगमा बेपत्ता बालकको खोजी कार्य तीव्र रूपमा जारी राखिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।