
सुवाश मंडल
सर्लाही ।। सर्लाहीको बलरा नगरपालिकामा ई.प्र.का. थप्दा चारैतिर बिरोध र आलोचना सुरु भएको छ् । देशभरका २३ वटा जिल्लामा ईलाका प्रशासन कार्यालय थप गर्न निर्णय गर्दा सर्लाहीको बलरा नगरपालिकामा पनि पर्न सफल भएको छ् । यो ईलाका प्रशासन कार्यालयमा ५ वटा स्थानीयलाई समेटिएकोमा अहिले चारैतिर आलोचना र बिरोध प्रदर्शन हुन् सुरु भएको छ् ।
जिल्ला प्रशासन कार्यालय मलंगवा सर्लाही अगाडि सोमबार गोडैता नगरपालिका,धन्कौल गाउँपालिका र विष्णु गाउँपालिकाले बलरामा प्रशासन कार्यालय न व्यवस्थापन भइ गोडैता बजारमा व्यवस्थापन होस् भनेर तिनै स्थानीय तहका जनताहरुले संयुक्त रूपमा बिरोध प्रदर्शन गरेका छन् । बिरोध प्रदर्शनलाई बलरा नगरपालिकाको नगर प्रमुख रामाशंकर प्रसाद कुशावाले आफ्नो फेसबुक मार्फत आपत्ति जनाएको छ् । कुशवाहाले लेखेको छ्, “इलाका प्रशासन कार्यालय, बलरा” भन्नाले बलरा नगरपालिका सीमा क्षेत्र भित्र स्थापना हुने कार्यालय हो । बलरालाई साविकको बलरासँग मात्र परिभाषित गर्नु गलत हुन जान्छ । यसले परिवर्तित हालको ११ वटा वडा सहितलाई सम्बोधित गर्दछ। यो नै यथार्थ हो, स्पष्ट छ ।
तसर्थ “इलाका प्रशासन कार्यालय, बलरा”लाई सम्बन्धित सबै स्थानीय तहहरुलाई पायक पर्ने बलरा नगरपालिका कै सीमा क्षेत्र अन्तर्गतका अन्य स्थानमा “कार्यालय” स्थापना गर्नु पर्ने विषयमा छलफल गर्ने उपयुक्त र सर्वमान्य विकल्प हुदाँ हुँदै उक्त विकल्पमा छलफल नै नगरी बलरा नगरपालिका कै विकल्प खोजिनु कति बलराबासीसँग न्यायोचित हुन्छ ?
यसकारण, इलाका प्रशासन कार्यालय, बलराका सेवा क्षेत्रमा पर्ने बलरा नगरपालिका, रामनगर गाउँपालिका, धनकौल गाउँपालिका, गोडैता नगरपालिका र विष्णु गाउँपालिकाको स्थानीय तहका प्रमुखज्यूहरू, यस क्षेत्रका प्रतिनिधि सभा सदस्यज्यूहरू, प्रदेश सभा सदस्यज्यूहरू, समाजसेवी, बुद्धिजीवीका अगुवा लगायतका व्यक्तित्वहरू एउटै टेबुलमा बसी बलरा नगरपालिका कार्य क्षेत्र मै कार्यालय स्थापनाको लागि उपयुक्त स्थान चयन गर्नु उत्तम विकल्प हुनेछ ? यी र यस्ता सर्वमान्य विकल्पमा नगई जिल्लाको सदरमुकाम मलंगवाबाट सबभन्दा टाढा र विकासमा पछाडि पारिएको बलराबासीलाई पुन: एकपटक पछाडी धकेलिने प्रयास हुनुले नेतृत्व वर्गको कमजोर पक्षलाई पुनः एकपटक उजागर गरेको छ । “बलराको सट्टा गोडैता” सर्वमान्य र उपयुक्त विकल्प हुन सक्छ भन्ने लाग्दैन । तसर्थ, बलरा मै उपयुक्त स्थानको खोजी गरि कार्यालय स्थापना गरौं भन्ने कुशवाहाले आफ्नो फेसबुकमा लेखिएको छ् ।
सर्लाही ।। सर्लाहीमा स्थापना हुन लागेको ईलाका प्रशासन कार्यालय राजनीतिक दलको दलदलमा फसेको आरोप लागेको छ।
सेवा प्रवाह सहज र सरल बनाउन नेपाल सरकारले सर्लाहीको बलरामा ईलाका प्रशासन कार्यालय स्थापना गर्न निर्णय गरीएको हो। तर आफुलाई मात्र सहज रा फायदा हुने स्थानमा राख्न यहाँका राजनीति दल, जनप्रतिनिधि सक्रिय भएको रामनगर गाउँपालिका वडा -३ का वडा अध्यक्ष अजय यादवले आरोप लगाएका हुन।
वडा अध्यक्ष यादवले सुरक्षाको दृष्टिकोण र सवैलाई उपयुुक्त हुने स्थानमा ईलाका प्रशासन कार्यालय राख्न माग गरेका छन। वहाँले राजनीति ब्यक्ति र दललाई आफ्नो रजगज र जस लिन जनताको सहजताको लागि आएको ईलाका प्रशासन कार्यालय स्थानपनाका बाधक न बन्न अपिल समेत गरेका छन। जनताको हितका लागि ईलाका प्रशासन कार्यालय स्थापनना कहाँ गर्ने कहाँ राख्ने सर्वपक्षीय बैठक बसी निर्णय गर्दा राम्रो हुने वडा अध्यक्ष यादवको बुझाई छ।
अहिले ईलाका प्रशासन कार्यालय कसैले गोडैता त कसैले धनकौल सहितको स्थानमा राख्न माग सहित गृहमन्त्रीलाई ज्ञापनपत्र समेत बुझाएका छन।




